कात्तिक १८, २०८०
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
पुस २१, २०७६
माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनमा १८ सीटका लागि आइतवार मनोनयन सम्पन्न भएको छ ।
उम्मेदवारहरू मनोनयन दर्ताका लागि आइतवार प्रदेश १ मा मोरङ, प्रदेश २ मा धनुषा, प्रदेश ३ मा ललितपुर, गण्डकी प्रदेशमा पोखरा, प्रदेश ५ मा दाङ, कर्णाली प्रदेशमा सुर्खेत र सुदूरपश्चिममा डोटीस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।
५९ जना सदस्य रहने राष्ट्रिय सभामा एकतिहाई अर्थात् १९ जनाको फागुन २० बाट पदावधि सकिँदैछ । तीमध्ये १ जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिमार्फत नियुक्त हुने व्यवस्था छ भने १८ जना निर्वाचित हुनेछन् ।
राष्ट्रिय सभाका उम्मेदवारलाई आम निर्वाचनमा जस्तो जनताले भोट दिने होइन । जनताले भोट दिएर पहिल्यै चुनेका प्रदेशसभा सदस्य, नगरपालिका र गाउँपालिकाका मेयर, उपमेयर र अध्यक्ष, उपाध्यक्ष राष्ट्रिय सभाका मतदाता हुन् ।
निर्वाचन आयोगले १७ पुसमा मतदाता नामावली प्रकाशन गर्ने, १८ पुसमा अन्तिम नामावली प्रकाशन गरी २० पुसमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, २५ पुसमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र ९ माघका दिन बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मतदान सञ्चालन गर्ने गरी निर्वाचनको कार्यतालिका तयार पारेको छ ।
प्रदेशगत मतभार
राष्ट्रियसभा निर्वाचनका लागि स्थानीय तहका प्रमुख र उपप्रमुख प्रत्येकको मतभार १८ रहेको छ भने प्रदेशसभा सदस्यको मतभार ४८ हुने व्यवस्था गरिएको छ ।
निर्वाचनका लागि ७ वटै प्रदेशमा ५५० जना प्रदेशसभा सदस्य र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख १ हजार ५०६ गरी २ हजार ५६ जना मतदाता रहनेछन् ।
प्रदेश १
प्रदेश १ मा ९३ प्रदेशसभा सदस्य छन् भने स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख गरी २८४ छन् । प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी जम्मा ९ हजार ३ सय ९६ मतभार रहेको प्रदेश १ मा नेकपाको मात्र ६ हजार २५८ मतभार छ ।
आधाभन्दा धेरै मतभार भएको नेकपाका इन्दु गौतम, देवेन्द्र दाहाल र गोपी अछामीले प्रदेश १ मा उम्मेदवारी दिएका छन् भने कांग्रेसबाट निरबहादुर विश्वकर्मा, मिना पुलामी मगर र राजेन्द्र घिमिरेले उम्मेदवारी दिएका छन् । प्रदेश १ मा कांग्रेसको कूल मतभार जम्मा २ हजार २३२ रहेको छ ।
प्रदेश २
प्रदेश २ मा राष्ट्रिय सभाको ४ सीटका लागि नेकपा, राजपा, नेपाली कांग्रेस र समाजवादी पार्टी गरी ४ पार्टीका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । राष्ट्रिय सभाका लागि कांग्रेस–समाजवादी र नेकपा–राजपाबीच गठबन्धन बनेको छ ।
उम्मेदवारी मनोनयन गराउनेमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट नगिना यादव र भोला पञ्जियार रहेका छन् भने समाजवादीबाट रामप्रित पासवान र अनिरुद्रसिंहप्रसाद सिंह यादव रहेका छन् । नेकपाबाट तुलसा दाहाल र राधेश्याम पासवान, राजपा उम्मेदवारहरू मृगेन्द्रसिंह यादव र शेखर सिंहले पनि उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
प्रदेश २ मा प्रदेशसभा सदस्य १०७ जना, स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख गरी २७२ गरी जम्मा ३७९ जना मतदाता रहेका छन् । स्थानीय तहको मतभार ४ हजार ८९६ छ भने प्रदेशसभा सदस्यको मतभार ५ हजार १३६ रहेको छ । प्रदेश २ को कूल मतभार १० हजार ३२ छ ।
प्रदेश २ मा नेकपाको मतभार ३ हजार ३० रहेको छ भने राजपाको मतभार २ हजार १७२ रहेको छ । यसरी नेकपा–राजपा गठबन्धनको कूल मतभार ५ हजार २०२ रहेको छ ।
कांग्रेसको मतभार २ हजार ३०७ छ भने समाजवादीको मतभार २ हजार ३७६ गरी कांग्रेस–समाजवादी गठबन्धनको कूल मतभार ४ हजार ७४६ रहेको छ ।
प्रदेश ३
प्रदेश ३ मा प्रदेशसभा सदस्य ११० र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २३८ गरी जम्मा ३ सय ४८ जना मतदाता रहेका छन् । प्रदेश सभाको ५ हजार २८० मतभार छ भने स्थानीय तहबाट ४ हजार २८४ मतभार छ । प्रदेश ३ को कूल मतभार ९ हजार ५६४ रहेको छ ।
आइतवार प्रदेश ३ मा नेकपाका तर्फबाट वेदुराम भुसाल र गंगा बेल्बासेले उम्मेदवारी दर्ता गराए भने कांग्रेसका तर्फबाट छलीकुमारी उपाध्याय र हरिशरण श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।
अन्य प्रदेशको जस्तै प्रदेश ३ मा पनि कूल मतभारको आधाभन्दा धेरै नेकपाको रहेको छ । नेकपाको ६ हजार ८२८ मतभार रहेको छ भने कांग्रेसको २ हजार २६२ मतभार रहेको छ । अन्य दलको ४७४ मतभार छ ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा प्रदेशसभा सदस्य ६० रहेका छन् । प्रदेश सभाको कूल मत २ हजार ८८० रहेको छ भने १७० स्थानीय तहका प्रतिनिधिको ३ हजार ६० मतभार रहेको छ ।
जसमध्ये सत्तारूढ दल नेकपाको पक्षमा स्थानीय तहबाट १ हजार ४७६ र प्रदेश सभाबाट १ हजार ८७२ गरी जम्मा ३ हजार ३४८ मतभार छ । कांग्रेसको स्थानीय तहबाट १ हजार ४५८ र प्रदेश सभाबाट ७२० गरी जम्मा २ हजार १ सय ७८ मतभार रहेको छ । गण्डकी प्रदेशमा अन्य दलहरूको जम्मा २४४ मतभार रहेको छ ।
आइतवार गण्डकी प्रदेशको कास्कीस्थित निर्वाचन अधिकृतको कार्यालयमा नेकपाका तर्फबाट भगवती न्यौपाने र नारायणकाजी श्रेष्ठले उम्मेदवारी मनोनयन दर्ता गराए भने कांग्रेसका तर्फबाट सूर्यप्रसाद रेग्मी र विमला गौचनले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
प्रदेश ५
प्रदेश ५ मा प्रदेशसभा सदस्य ८७ र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २१८ गरी जम्मा ३५ जना मतदाता छन् । प्रदेश नम्बर ५ को मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीमा स्थापना गरिएको छ ।
राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश ५ मा नेकपाको तर्फबाट दाङका जगप्रसाद शर्मा, रुपन्देहीबाट गोपाल भट्टराई र कपिलवस्तुबाट विमला घिमिरेले राष्ट्रियसभा सदस्य पदका लागि आइतवार उम्मेदवारी दर्ता गराए । नेपाली कांग्रेसबाट दाङकी गिरिजादेवी न्यौपाने, अर्घाखाँचीका बालकृष्ण पाण्डे र बाँकेका मेराजअहमद हलवाईले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेश नम्बर ५ मा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी नेकपाका १२८ मतदाता छन्, जसको मतभार २ हजार ३०४ हुनेछ । प्रदेशसभा सदस्यमा नेकपाका ६१ मतदाता छन्, जसको मतभार २ हजार ९२८ हुनेछ । दुवैतर्फ गरी नेकपाको कूल मतभार ५ हजार २३२ हुनेछ ।
नेपाली कांग्रेसको स्थानीय तहमा ६८ मतदाता छन्, जसको मतभार १ हजार २२४ हुनेछ भने प्रदेश सभातर्फ १९ मतदाता रहेका छन्, जसको मतभार ९१२ हुनेछ । यसरी प्रदेशमा कांग्रेसको कूल मतभार २ हजार १३६ हुनेछ ।
समाजवादी पार्टीको स्थानीय तहका १२ मतदाता छन्, जसको मतभार २१६ र प्रदेशसभाका ४ मतदाताको १९२ गरी कूल ४०८ मतभार हुने छ । यसरी हेर्दा कुनै मतदाताले दायाँबायाँ नगरेको अवस्थामा राष्ट्रियसभा सदस्य निर्वाचनमा कूल मतभार ८ हजार १ सयमध्ये प्रदेश ५ मा नेकपाले ५ हजार २ सय ३२, कांग्रेसले २ हजार १३६ र समाजवादीले ४०८ मतभार प्राप्त गर्नेछन् ।
कर्णाली प्रदेश
कर्णालीमा प्रदेशसभा सदस्य ४० र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख १ सय ५८ गरी १ सय ९८ जना छन् ।
राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि कर्णालीमा नेकपाका तर्फबाट मायाप्रसाद शर्मा आचार्य र सुमित्रा बिसीले निर्वाचन अधिकृतको कार्यालय सुर्खेतमा आइतबार मनोनयन दर्ता गरेका छन् । नेपाली कांग्रेसको तर्फबाट डिल्लीराम पाठक र गणेशकुमारी बस्नेतले मनोनयन दर्ता गरेका छन् ।
जम्मा ४० प्रदेशसभा सदस्य रहेका कर्णालीमा नेकपाबाट ३३, कांग्रेसबाट ६ र राप्रपाबाट १ जना रहेका छन् भने ७९ स्थानीय निकाय रहेकोमा नेकपाका ५३, कांग्रेसका २६ र राप्रपाका १ जना मतदाता प्रमुख र उपप्रमुख गरेर जम्मा मतदाता १ सय ५८ रहेका छन् ।
कर्णालीमा कूल मतभार ४ हजार ७ सय ६४ रहेकोमा नेकपाको ३ हजार ५ सय ६४ र कांग्रेसको १ हजार २६ रहेको छ ।
सुदूरपश्चिम प्रदेश
राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिममा प्रदेशसभा सदस्य ५३ र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख १७६ गरी जम्मा २ सय २९ जना मतदाता रहेका छन् ।
आइतवार सुदूरपश्चिम प्रदेशमा नेकपाका तर्फबाट तारामान स्वाँर र तुलसी देवकोटाले राष्ट्रिय सभाका लागि मनोनयन दर्ता गराए । कांग्रेसबाट प्रताप ठगुन्ना र तुलसी देवकोटाले उम्मेदवारी दर्ता गराएका छन् । डोटी जिल्ला अदालतमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर कांग्रेस र नेकपाका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका हुन् ।
प्रदेश सभाका ५३ सदस्यमा नेकपाका ३९, नेपाली कांग्रेसका १२ र राजपाका २ जना छन् । ८८ स्थानीय तहका प्रमुख उपप्रमुखमध्ये नेपाली कांग्रेससँग ३७ प्रमुख र ३४ उपप्रमुख गरी ७१ मत छ । नेकपाको ५० प्रमुख, ५३ उपप्रमुख रहेका छन् भने समाजवादी पार्टीबाट १ प्रमुख र १ उपप्रमुख गरी २ जना मात्र छन् ।
नेकपाको प्रदेश सभातर्फ १ हजार ८७२ र स्थानीय तहतर्फ १ हजार ८५४ गरी ३ हजार ७२६ मतभार छ । कांग्रेसको प्रदेश सभातर्फ ५७६ र स्थानीय तहतर्फ १ हजार २७८ गरी जम्मा १ हजार ८५४ मतभार रहेको छ । सुदूरपश्चिममा अन्यको मतभार जम्मा १३२ रहेको छ ।
सबै प्रदेशमा नेकपाको पल्ला भारी
प्रदेशगत हिसाबमा गणना गर्दा नेकपाले लगभग सबै प्रदेशमा जित्ने देखिन्छ । प्रदेश २ मा राजपासँग तालमेल गरेको नेकपाले २ सीट राजपालाई छोड्दा अहिलेको राष्ट्रियसभा निर्वाचनमा १६ सीट नेकपाले जित्ने देखिन्छ ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले अहिलेको राष्ट्रियसभा निर्वाचन प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत हुने बताउँछन् । निर्वाचनको परिणाम अहिल्यै आकलन गर्न नमिल्ने भन्दै प्रवक्ता श्रेष्ठले लोकान्तरसँग भने, ‘प्रदेशगत मतभार जुन दलको धेरै देखिन्छ, त्यो प्रदेशमा सोही दलले जित्ने सम्भावना छ ।’
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...