×

NIC ASIA

गुल्मीको मुसीकोट नगरपालिका– ८ अर्ज्याको एक परिवार निकै ठूलो पीडामा छ । यो परिवारले भोगेको पीडा सुन्दा शायदै कसैको आँखा नरसाउला ।

Muktinath Bank

दैव पनि कति निष्ठुरी ! त्यसैले त भन्छन्– शत्रु लागुन्, तर दैव कसैलाई नलागुन् । उक्त परिवारका ५ भाइमध्ये ३ जनाको मिर्गौला रोगका कारणनिधन भइसकेको छ भने अर्का एक भाइ जीवन र मरणको दोसाँधमा छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साविक वामी गाविस वडा नम्बर ८ कलाधार न्यौपानेको वि.सं २०५५ सालतिर शरीर फुलिने समस्याका कारण निधन भयो । त्यतिबेला उनको रोग पहिचान भएको थिएन ।


Advertisment
Nabil box
Kumari

कलाधरका ५ भाइ छोरामध्ये ३ भाइको मिर्गौला रोगबाट ज्यान गयो । अर्का एक भाइलाई पनि मिर्गौला रोगले जीवन मरणको दोसाँधमा पुर्‍याएको छ ।

Vianet communication

न्यौपाने परिवारलाई नजिकबाट जानेबुझेका आफन्त र छिमेकीहरू कलाधरको पनि मिर्गौला रोगकै कारण निधन भएको बताउँछन् । अहिलेजस्तो सर्वसुलभ स्वास्थ्य सेवा नभएका कारण त्यतिबेला रोगको स्पष्ट पहिचान हुन नसकेको हुनसक्ने उनीहरूको भनाइ छ ।

कलाधरका जेठा छोरा प्रकाशको ३१ वर्षको उमेरमा निधन भयो । २८ वर्षको उमेरमा माइला छोरा तारापतिले ज्यान गुमाए । साइँला डिलारामको गत वर्षको मंसिर १७ गते ३३ वर्षको उमेरमा निधन भयो ।

डिलारामको मिर्गौला प्रत्यारोपण गरिएपनि त्यसले ६ वर्षभन्दा बढी काम नगरेको आफन्तहरू बताउँछन् ।

कान्छा छोरा भोला डेढ वर्षयता मिर्गौला रोगबाट पीडित छन् । उनका दुवै मिर्गौलाले काम गर्न छाडेपछि डायलासिस थालिएको छ । 

भारतको हरियाणामा काम गर्दागर्दै मिर्गौलाको समस्याले समात्यो । भोला आइतबार यस क्षेत्रमा जुटेको सहयोग रकम लिन रूपन्देही आएका थिए । 

उनी यस क्षेत्रमा जम्मा भएको चार लाख रुपैयाँ लिएर सोमबार भारत गए । उनले भारतमै डाइलाइसिस गराइरहेका छन् ।

पाँच भाइमध्येका काइला सुरज न्यौपाने रोजगारीका लागि साउदी अरबमा छन्, उनलाई भने त्यस्तो समस्या देखिएको छैन ।

‘तीन भाइको मिर्गौला बिग्रिएर मृत्यु भयो । बुबाको पनि मिर्गौला रोगकै कारण मृत्यु भएको हुनुपर्छ,̕ आफन्त पार्वती लामिछानेले भनिन्, ‘दैव पनि कस्तो निष्ठुरीे, तीनै भाइलाई एउटै रोगले लग्यो । एक भाइ जीवनसँग संघर्ष गर्दैहुनुहुन्छ ।

आमा केतुकलाले पनि यो संसारबाट बिदा लिइसकेकी छन् । 

निरन्तरको पारिवारिक पीडाबीच हातमुख जोर्नका लागि भारत हरियणाको रोतक पुगेका बेला भोलालाई मिर्गौला रोग भएको पत्ता लागेपछि डायलासिस थालिएको हो ।

आफू उच्च रक्तचाप, सुगरलगायतका कुनै पनि दीर्घ रोगबाट पीडित नभएको तर एक्कासि पेट दुखेर जचाउँन जाँदा मिर्गौला रोग देखिएको भोलाले बताए ।

मलाई पहिलादेखि कुनै प्रकारको स्वास्थ्य समस्या थिएन, एक्कासि यो रोग देखियो,̕ उनले दुखेसो पोखे । हाल उनको हरियणास्थित मनिमल्टी स्पेसलाइट हस्पिटलमा हप्ताको दुईपटक डायलासिस भैरहेको छ । 

निरन्तरको पीडाले न्यौपाने परिवार आर्थिक रूपमा उत्तिकै पीडामा छ । उपचार गर्ने रकम अभावले भोलाको ओठमुख सुकेको छ ।

श्रीमतीले हरियणामै सानोतिनो खाजा पसल चलाएकी छिन् । तर बिरामी श्रीमान र सानो छोरालाई स्याहार गर्ने जिम्मेवारीका कारण उनले त्यसमा समेत सफलता प्राप्त गर्न सकेकी छैनन् ।

भोला मिर्गौला प्रत्यारोपण गर्न चाहान्छन् । बाँचेर केही गर्ने आशा २७ वर्षीय भोलामा छ । तर मिर्गौला प्रत्यारोपणका लागि चाहिने ठूलो रकमको जोहो कसरी गर्ने; उनी रनभुल्लमा छन् । 

‘मिर्गौला ट्रान्सप्लान्ट गर्ने विचार गरेर आफन्तसँग कुरा गरिरहेको छु, तर पैसा कहाँबाट जुटाउने मैले केही सोच्नै सकेको छैन । आफूसँग अलिअलि भएको सबै भ्याइयो,̕ उनले गुनासो पोखे ।

शुभेच्छुकले संकलन गरेको रकम लिन हरियणाबाट तिलोत्तमा–८ दीपनगर आएका भोला आइतवार निकै निराश मुद्रामा भेटिएका थिए ।

सहयोग गर्न चाहनेहरूलाई उनले साइन रेसुङ्गा डेभलपमेन्ट बैंक बुटवल शाखामा रहेको आफ्नो खाता नं. टिपाएका छन् ।

भोलालाई सहयोग गर्न चाहने जोकोहीले उनको खाता नं. ००१२०१००२१५१०३०००००१ मा रकम जम्मा गरिदिन सक्नेछन् । 

उनको उपचारका लागि वामीसँग जोडिएका विदेश रहेका नेपालीहरूले सहयोग गरेका छन् । आइतबार दीपनगरमा वामी विश्व सम्पर्क मञ्च जापान शाखाले जुटाएको तीन लाख ९१ हजार ४८ रुपैंयाँ हस्तान्तरण गरिएको छ । 

यस्तै तिलोत्तमा–८, प्रदीपनगरका वरिष्ठ समाजसेवी चिन्तामणि चालिसे र वामीका राकेश केसीले पनि भोलालाई आर्थिक सहयोग गरेका छन् । मञ्चको जापान शाखा अध्यक्ष बोधशाली गौतमको नेतृत्वमा संकलन भएको रकम निवर्तमान अध्यक्ष रवि घिमिरे, नारायण चालिसे, लालबहादुर थापालगायतले हस्तान्तरण गरेका हुन् । 

उनको उपचारका लागि आर्थिक सहयोग गर्न भोलाका आफन्तहरूले पनि सहयोगको याचना गरेका छन्,’ हाम्रो सानो सहयोगले कसैले पुनर्जिवन पाउँछ भने त्यसमा सबैले सहयोग गर्नुपर्छ । यस्तो पीडा अरूलाई पनि पर्न सक्छ, त्यसैले सहयोगको भावना सबैमा हुनुपर्छ,’ उनका छिमेकीहरू भन्छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

बैशाख २९, २०८१

भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x