मंसिर ६, २०८०
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
प्रतिनिधिसभा सभामुख पदमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद अग्नि सापकोटाको मात्र उम्मेदवारी परेको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तथा अन्य प्रतिपक्षी दलहरूको तर्फबाट उम्मेदवारी नपरेपछि सापकोटा निर्विरोध निर्वाचित हुने भएका छन् ।
पूर्व सभामुख सुवास नेम्वाङको प्रस्ताव तथा पूर्व सभामुख ओनसरी घर्ती, नेकपा प्रमुख सचेतक देव गुरुङ र राजपा सांसद लक्ष्मणलाल कर्णको समर्थनमा सापकोटाले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।
उम्मेदवारी मनोनयन दर्तापछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै सापकोटाले संसद्को गरिमा कायम राख्न भगिरथ प्रयत्न गर्ने बताए ।
एक मात्र उम्मेदवारी परेपनि सापकोटा सभामुखमा निर्वाचित भएको घोषणा भने निर्वाचन तोकिएको दिन माघ १२ गते नै हुनेछ ।
सभामुख निर्वाचनसम्बन्धी व्यवस्था नेपालको संविधानको धारा ९१ तथा प्रतिनिधिसभा नियमावली २०७५ को नियम ७ मा उल्लेख छ ।
नियमावलीअनुसार एक मात्र प्रस्ताव परेको खण्डमा प्रस्तावक र समर्थकले बोलिसकेपछि सभाको अध्यक्षता गर्ने व्यक्तिले प्रस्तावित सदस्य सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछन् ।
नियमावलीको नियम (७) उपनियम (३) मा भनिएको छ –
उपनियम (२) बमोजिम प्रस्तावको सूचना प्रस्तावक सदस्यले बैठकमा प्रस्तुत गरेपछि समर्थक सदस्यले समर्थन गर्नेछ । त्यस्तो प्रस्तावको एक मात्र सूचना प्राप्त भएमा समर्थक सदस्यले बोलिसकेपछि अध्यक्षता गर्ने व्यक्तिले प्रस्तावित सदस्य सभामुख पदमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछ ।
संसद् सचिवालयमै काम गर्ने महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा निवर्तमान सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि गत असोज दोस्रो साताबाट सभामुख पद रिक्त थियो ।
लामो रस्साकस्सी र आन्तरिक विवादपछि नेकपाले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
सिन्धुपाल्चोकबाट प्रत्यक्ष निर्वाचित सांसद सापकोटा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का विश्वास पात्र मानिन्छन् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...