मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
तिलोत्तमामा लगानी समृद्धिको सुनौलो बिहानी भन्ने नाराका साथ शुक्रवारदेखि रुपन्देहीको तिलोत्तमामा दोस्रो औद्योगिक व्यापार मेला हुने भएको छ ।
तिलोत्तमा उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको मेलामा १० करोड रुपैयाँको कारोबार हुने आयोजकले बताएका छन् ।
संघले बुधवार पत्रकार सम्मेलन गरी मेलाको तयारी अन्तिम चरणको पुगेको पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
स्वदेशी र विदेशी गरी ३०० स्टल सहभागी मेला आयोजक मुल समितिका संयोजक गुणनिधि भण्डारीले जानकारी दिए । माघ २१ गतेसम्म सञ्चालन हुने महोत्सवमा ५ लाख दर्शकलाई अवलोकन गर्ने भण्डारीको दाबी छ ।
कृषि, व्यापार र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको मेलामा लुम्बिनी भ्रमण वर्ष र नेपाल भ्रमण वर्षलाई सहयोग गर्ने गरी प्रदेश ५ भित्र रहेका धार्मिक, पर्यटकीय र ऐतिहासिक स्थलको फोटो र वृत्तचित्र प्रदर्शन गरिने छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत महोत्सवमा धुर्मुस सुन्तली फाउन्डेसनद्वारा चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि आर्थिक सहयोग संकलन गरिने उनले बताए । महोत्सवमा विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, प्रदेश स्तरीय लोक गायन प्रतियोगिता लोक तारा, तिलोत्तमा डान्स आइडल, जोडी नृत्य प्रतियागिता, बालबच्चासहित आउने महिलाका लागि छुट्टै स्तनपान स्थल र रत्यौली नृत्य महोत्सवका आकर्षणका रुपमा रहने संघका महासचिव कमल कँडेलले बताए । खेल क्षेत्रको विकासका लागि महोत्सवभित्र जिल्ला स्तरीय फूटसल प्रतियोगिता सञ्चालन गरिने छ ।
मेलामा कृषि, पर्यटन र ऐतिहासिक क्षेत्रका प्रवद्र्धन र यस क्षेत्रमा लगानी भित्र्याउने गोष्ठी र अन्तर्क्रिया गरिने संघका उपाध्यक्ष ज्ञानेन्द्र कार्कीले बताए । महोत्सवमा अशक्त, अपाङ्गता र संस्थागतरुपमा समूहमा आउने विद्यार्थीलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । विभिन्न जिल्लाबाट भ्रमणमा आउने भ्रमण टोलीलाई पनि निःशुल्क अवलोकन गराइने आयोजकले जानकारी गराए ।
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...