×

NMB BANK
NIC ASIA

ए डिभिजन लिग फुटबलमा सरस्वतीको पहिलो जीत

माघ १४, २०७६

NTC
सहीद स्मारक ए डिभिजन लिगअन्तर्गत मंगलबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हिमालयन शेर्पा क्लब र सरस्वती युथ क्लबबीचको खेलमा बललाई अगाडि बढाउँदै हिमालयन शेर्पा क्लबका खेलाडी । तस्वीर: रोशन सापकोटा/रासस
Premier Steels

शहीद स्मारक ए डिभिजन लिग फुटलब प्रतियोगितामा सरस्वती युवा क्लबले पहिलो जित दर्ता गराएको छ।

Muktinath Bank

अङ्क तालिकाको पुछारमा रहेको सरस्वती क्लबले हिमालयन शेर्पा क्लबलाई ४–३ गोलअन्तरले परारजित गर्दै जारी लिगमा पहिलो जित दर्ता गराएको हो । जितसँगै सरस्वतीले ४ अङ्क जोडेको छ । सरस्वतीले यसअघि एउटा खेलमा बराबरी गरेको थियो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा सरस्वतीको जितमा विदेशी खेलाडी काजिम बुसारीले दुई गोल गरे भने विनोद केसी र मनिष थापाले एक एक गोल गरेका थिए । यता हिमालयन शेर्पाका लागि भने आशिष गुरुङ, विजय श्रेष्ठ र रवि थापाले एक एक गोल गरे। 


Advertisment
Nabil box
Kumari

खेलको पाँचौैँ मिनेटमा बुसारीले गोल गर्दै सरस्वतीलाई पहिलो अग्रता दिलाए । त्यस्तै खेलको १०औंँ मिनेटमा हिमालयन शेर्पाका आशिष गुरुङले एक गोल फर्काउँदै खेललाई एक एक गोलको बराबरीमा ल्याए।

Vianet communication

खेलको ३५औँ मिनेटमा विनोद केसीले गोल गर्दै सरस्वतीलाई २–१ को अग्रता दिलाए । खेलको ४५ औँं मिनेटमा हिमालयन शेर्पाका विजय श्रेष्ठले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

त्यस्तै खेलको ८४औँ मिनेटमा काजिम बुसारीले गोल गर्दै सरस्वतीलाई ३–२ को अग्रता दिलाए । त्यस्तै खेलको ८८औँ मिनेटमा मनिष थापाले गोल गर्दै सरस्वतीलाई ४–२ ले अघि बढाए । खेलको दोस्रो हाफको अतिरिक्त समयमा हिमालयन शेर्पाका रवि थापाले गोल गर्दै खेललाई ४–३ को अवस्थामा ल्याए । सरस्वतीका बुसारी म्यान अफ दी म्याच घोषित भए । हिमालयन शेर्पाको ७ अङ्क छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x