कात्तिक २२, २०८०
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
विराटनगर | चैत १५, २०८०
आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता आजबाट शुरू हुँदैछ । विराटनगरको शहीद रंगशालामा फ्लड लाइटको सहारामा रात्रिकालीन गोल्डकप सञ्चालन गरिने छ । प्रतियोगिताको उद्घाटन खेल विभागीय टोली नेपाल पुलिस क्लब र पाहुना टोली भुटानको रोयल थिम्पु फुटबल क्लब (आरटीएफसी)बीच हुनेछ । दुवै टोली प्रतियोगिताको पूर्व विजेतासमेत हुन् ।
विभागीय पुलिस क्लबले तीन पटक उपाधि जितेको छ । भुटानको थिम्पु एघारले २०३१ सालमा गोल्डकपको उपाधि जितेको थियो ।
आयोजकले सार्वजानिक गरेको खेल तालिकाअनुसार गोल्डकपमा घरेलु टोली सांग्रिला मोरङ फुटबल क्बल र पाहुना टिम भारतको सिक्किम ड्रेगानलाई बाइ दिएर क्वाटर फाइनलमा राखेको छ । समूह ‘ए’ बाट १७ चैतमा घरेलु टिमले समूह उद्घाटन खेलमा विजेता हुने टिमसँग पहिलो क्वाटरफाइनल खेल खेल्नेछ ।
१८ चैतमा हुने दोस्रो क्वाटर फाइनलमा विभागीय टिम त्रिभूवन आर्मी फुटबल क्बल र एनआरटी फुटबल क्लब काठमाडौंबीच शुक्रबार हुने बिजेता टिमसँग बाई पाएर समूह बी बाट भारतको सिक्किम डे«गानले प्रतिस्पर्धा गर्नेछ ।
समूह ‘ए’ मा घरेलु टोली सांग्रिला मोरङ एफए, भुटानको रोयल थिम्पु एफसी, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल एएपिएफसी र सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाईज युनाइटेड रहेको छ ।
समूह ‘बी’ मा भारतको सिक्किम ड्रेगान, त्रिभुवन आर्मी फुटबल क्लब, एनआरटी, मच्छिन्द्र फुटबल क्लब र कोलकत्ताको साउर्थन समिति एफसी रहेका छन् ।
चैत १५ देखि २४ गतेसम्म संचालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक विराट गोल्ड कप फुटबल ट्रष्टले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । प्रतियोगितामा बिदेशी तीन टिमसहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिमको सहभागी हुने ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले जानकारी दिए ।
गोल्डकप ट्रष्टले गत वर्षको भन्दा यस वर्षको पुरस्कार राशि झण्डै आधा घटाएको छ । विजेताले ११ लाख र उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पाउनेछन् । गत वर्षको विजतालाई नगद २० लाख १५ हजार र उपबिजेतालाई १० लाख १५ हजार रुपैयाँ थियो ।
यो वर्ष विजेतालाई ९ लाख १५ हजार र उपविजेतालाई पाँच लाख ३५ हजार रुपैयाँ पुरस्कार राशि घटाएको हो । गत वर्षको गोल्डकपमा आयोजकलाई ८७ लाख १ हजार ४८ रुपैयाँ घाटा भएको थियो ।
उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, सर्वाधिक गोलकर्तालाई जनही २१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
यसैगरी दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई नगद ११ हजार र सर्वोकृष्ण खेलाडीलाई मोटरसाइकल दिने आयोजकले बताएको छ ।
साझको ६ बजे बजेदेखि सुरू हुने गोल्डकपको २००, ३०० र ५०० रूपैयाँ टिकट दर तोकिएको छ ।
प्रतियोगिता सम्पन्न गर्दा १ करोड १८ लाख ४३ हजार २०० रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । गत वर्षको सातौं संस्करणको विराट गोल्डकपको उपाधि घरेलु टोली विराटनगर सिटी (बीसीएफ) ले जित्दा पाहुना टोली भारत केरलाको लुका सकर क्लब उपविजेता बनेको थियो ।
गत वर्ष सातौं संस्करणको आयोजक समिति संयोजक विराटनगर महानगरका मेयर नागेश कोइराला थिए । त्यसअघि उद्योगी व्यवसायी राजेन्द्र राउत, नवीन रिजाल र मनोजविक्रम शाहाले प्रतियोगिता आयोजना गर्दा नाफाको रकम ट्रस्टलाई दिएका थिए ।
उनीहरूले बुझाएको रकममध्ये ट्रस्टको खातामा अझै १३ लाख ५ हजार मौज्दात छ । यसवर्ष उद्योगी, व्यवसायी र महानगर प्रतियोगिता आयोजक संयोजक बन्न नमानेपछि ट्रस्ट आफैंले गोल्डकप गर्न लागेको हो ।
ट्रस्ट स्रोतका अनुसार फुटबलसँग चासो राख्ने यहाँका हरेक उद्योगी, व्यवसायीसमक्ष प्रतियोगिता आयोजकको संयोजक बन्न ट्रस्टका पदाधिकारीले हारगुहार गरे । कोही पनि संयोजक बन्न तयार नभएपछि ट्रस्ट पुरस्कार राशि घटाएर भए पनि प्रतियोगिताको आयोजना गर्न अगाडि सरेको हो ।
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...