मंसिर ६, २०८०
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि अर्को उथलपुथल गर्न बेर नलगाउने चेतावनी दिएका छन् । नयाँ सत्ता समीकरण बनाएको एक महिना पनि नपुग्दै गर्दा प्रचण्डले फेरि उथलपुथल गर्न सक्ने बताएका हुन् । यसअघि नेपाली कांग्रेस छोडेर नेकपा (एमाले)लाई समीकरणमा मिसाउँदा पनि नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रचण्डले उथलपुथल गर्न आफू माहिर भएको बताएका थिए ।
राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औँ बैठकलाई बिहीवार सम्बोधन गर्दै प्रचण्डले विकास निर्माणसहितका कामलाई तीव्रता दिन नसके पदमा बसिरहने मान्यतामा आफू नभएको बताएका हुन् ।
‘कुनै पनि काम अगाडि बढ्न सकेन भने मैले अर्को उथलपुथल गर्न बेर लगाउँदिन । त्यो मैले अरुलाई भनेको होइन मेरै लागि भनेको हुँ । मैले भन्ने गरेको छु,’ प्रचण्डले भने, ‘कामै गर्न नसक्ने स्थिति बन्यो भने पद ओगटेर बसिराख्न जरुरी हुँदैन भनेर मैले सार्वजनिक रुपमा जनतालाई पनि भनेको छु । अहिले पनि पदको सुरक्षाका लागि अर्को समीकरण बनाएको होइन ।’
काम गर्न नसके पदमा बस्नुपर्छ भन्ने मान्यता आफूमा नभएको उनको भनाइ छ ।
‘पद त मेरो सुरक्षित नै थियो । तर काम अझ तीव्र गतिमा गर्न सकियोस् । सुशासनका लागि अझ तीव्र गतिमा कायम गर्न सकियोस् । विकास निर्माणलाई अझ तीव्र गतिमा अगाडि बढाउन सकियोस् भन्ने मान्यता हो,’ उनले भने, ‘त्यो पनि हुन नसके पद ओगटिरहनुको औचित्य पुष्टि हुँदैन । यो कुरामा म सचेत छु । अरुलाई अप्ठ्यारो पार्न उथलपुथल होइन, काम गर्न नसके पदमा बस्नु हुँदैन भन्ने मान्यतामा म दृढ छु ।’
ढिलो हुँदाहुँदै पनि अगाडि बढ्ने सम्भावना देखेकाले आफू पदमा बसिरहेको प्रधानमन्त्री प्रचण्डले दोहोर्याए ।
२१ फागुनमा समीकरण फेरिएकै दिन उनले आफू नमरेसम्म उथलपुथल भइरहने बताएका थिए ।
‘म नमर्दासम्म देशमा उथलपुथल भइ नै राख्छ,’ प्रचण्डले भनेका थिए, ‘प्रतिक्रियावादीबाट घेरा हालेर मलाई सिध्याउने धेरैचोटी कोसिस भए । तर म साथीहरूलाई भन्न चाहन्छु– ठूला कुरा गर्नुभन्दा हामी सबै क्रान्तिकारी एक ठाउँमा केन्द्रित हुने बाटोमा लाग्नुपर्छ ।’
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...