कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
जल र जलवायुको क्षेत्रमा क्रियाशील सरोकारवालाहरूको सहभागितामा प्रतिकार्य रणनीति तयार भएको छ । जल तथा ऊर्जा आयोगको सचिवालयले विश्व जल नेतृत्व कार्यक्रमअन्तर्गत जल सम्बन्धी नीतिको कार्यान्वयन, संस्थागत समन्वय तथा तथ्याङ्क एवम् क्षमता अभिवृद्धिसम्बन्धी बाधा अवरोधलाई सम्बोधन गर्न प्रतिकार्य रणनीति तयार गरेको हो ।
उक्त रणनीति ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री स्तरको निर्णयबाट चैत ८ गते स्वीकृतसमेत भइसकेको आयोगले जनाएको छ । आयोगका अनुसार ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेले शुक्रबार उक्त रणनीतिको लोकार्पणसमेत गरिसकेका छन् ।
नेपालमा जलस्रोत व्यवस्थापन र वास सेवामा संलग्न सरकारी निकाय, अन्तर-सरकारी संस्था, स्थानीय सरकार, गैरसरकारी एवम् जल उपयोगकर्ताहरुको संघ तथा प्राज्ञिकगरी करिब ४० वटा संस्थाका प्रतिनिधिहरूको सहभागितामा ३ वटा कार्यसमूह बनाई करिब डेढ वर्ष लगाएर रणनीति बनाइएको हो ।
जलस्रोत व्यवस्थापनलाई समावेशी र जलवायु उत्थानशील बनाउन नसक्नुमा जलसरोकारवालाहरूले नीतिको अपर्याप्त कार्यान्वयन, संस्थागत समन्वयमा न्यूनता, तथा जल तथ्याङ्कको अभाव र क्षमता अभिवृद्धिको आवश्यकतालाई मूख्य अवरोधको रूपमा लिएका थिए ।
यी अवरोधका मूल कारण पहिचान र प्राथमिकीकरण गरी असर न्यून गर्न विभिन्न क्रियाकलापहरूको छनोट गरी कार्य योजनाको तर्जुमा भएको हो । ती क्रियाकलापहरुको कार्यान्वयनको लागि उपयुक्त उप-क्रियाकलापहरू समेत चयन गरी तिनको कार्यान्वयनको लागि रणनीतिहरू प्रस्ताव गरिएको छ ।
रणनीतिमा २९ वटा क्रियाकलापहरूलाई प्राथमिकतामा राखी तिनको कार्यान्वयनको लागि २२ वटा रणनीतिहरू चयन गरिएको आयोगले जनाएको छ । यो रणनीतिमा समावेश भएको कार्ययोजनाको प्रभावकारी कार्यान्वयनको लागि ७ अर्ब रुपैयाँ जति लाग्ने अनुमान छ । आर्थिक स्रोत जुटाउनको लागि आन्तरिक स्रोतको परिचालन लगायत मित्र राष्ट्र तथा बहुपक्षीय निकाय एवम् विकासका साझेदार एवम् जलवायु वित्तमा पहुँच पुऱ्याउन सकिने आयोगको ठहर छ ।
रणनीतिको कार्यान्वयनको लागि सरकार, प्रादेशिक र स्थानीय सरकार, निजी क्षेत्र र गैरसरकारी महासंघहरूको सुनिश्चित सहभागिताको अपेक्षा गरिएको छ ।
रणनीतिले एकीकृत जलस्रोत व्यवस्थापन र नदी बेसिन अवधारणालाई आत्मसात गर्दै जलवायु संकट र जोखिमलाई न्यून गरी जलजन्य पूर्वाधारमा परेको अत्यधिक असरलाई कम गर्ने लक्ष्य लिएको छ । रणनीतिले जल नीतिलाई 'जलवायु-स्मार्ट' र जलवायु नीतिलाई 'जल-समावेशी' बनाउँदै लग्न सहयोग पुग्ने अपेक्षा गरिएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपाल लगायत एसिया र अफ्रिकाका १० देशमा कार्यान्वयनमा रहेको विश्व जल नेतृत्व कार्यक्रमबाट बहुसङ्ख्यक देशमा रणनीति तर्जुमा भइसकेको छ । गत दुई वर्षदेखि विश्व जल नेतृत्व कार्यक्रम कार्यान्वयनमा रहेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...