×

NMB BANK
NIC ASIA

नौ कक्षामा पढ्ने इन्द्रजीतले बनाए इलेक्ट्रिक बाइक, सहयोग पाए गाडी बनाउने योजना

विराटनगर | बैशाख १, २०८१

NTC
Sarbottam
Premier Steels
Marvel

मोरङको बेलबारी नगरपालिका वडा नं. २ लालभित्तीका इन्द्रजीत साह (रीतेश) भर्खर १५ वर्षका भए । उनी सुन्दरहरेँचामा रहेको सुकुना माध्यमिक विद्यालयमा अध्ययनरत छन् । कक्षा– ९ मा पढ्ने उनै इन्द्रजीतले इलेक्ट्रिक बाइक (विद्युतीय मोटरसाइकल) बनाएका छन् । कवाडी सामग्री भेला गरेर उनले मोटरसाइकल बनाएका हुन् । आफ्ना भाइले साना–साना गाडीका मोटरहरू भेला गरेर ब्याट्रीबाट चल्ने गाडी र ड्रोन बनाउने गरेको दिदी मनीषाले बताइन् । 

Muktinath Bank

त्यसो त इन्द्रजीतले एक वर्षअघि नै इलेक्ट्रिक साइकल बनाएका थिए । त्यही साइकल चढेर उनी पढ्न जान्थे । ८ महिना जति कुदाएपछि ब्याट्रीले काम गर्न छाडेको उनले बताए । त्यो पाइडल मार्ने साइकलभन्दा सजिलो र छिटो कुद्ने गरेको उनको भनाइ छ । ‘पाँच हजार रुपैयाँको ब्याट्री किनेँ । अनि कवाडीमा गएर साइकलका अन्य सामग्री किनेर ल्याएँ । यसपछि साइकल तयार भयो,’ उनले भने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बेलबारी जेसिजले गरेको कार्यक्रममा इन्द्रजीतले बनाएको त्यो साइकल प्रदर्शनीमा राखिएको थियो  । उक्त कार्यक्रममा उनको साइकलले निकै चर्चा पाएको थियो । त्यहाँ आएका धेरैको आँखामा त्यो साइकल परेको थियो । बेलबारीमै रहेको गुरुकुल इंग्लिस स्कूलका प्रिन्सिपल कुमार खुलाल र जेसितकै पूर्वअध्यक्षसमेत रहेका सोही स्कूलका संस्थापक माधवराज थापाले विशेष चासो दिएका थिए । त्यही साइकललाई विद्यार्थीको सिकाइको माध्यम बनाएर उनीहरूले इन्द्रजीतले बनाएको साइकल विद्यालयमा राख्ने योजना बनाएका थिए । त्यसपछि उनीहरूले त्यो साइकल आफ्नो विद्यालयमा लगेको उनले बताए । उनले साइकल बनाउँदा १५/२० हजार रुपैयाँ खर्च गरेका थिए । 


Advertisment
Nabil box
Kumari

null

Vianet communication
Laxmi Bank

साइकल लगेबापत गुरुकुल स्कूलले इन्द्रजीतलाई ३५ हजार रुपैयाँ बराबरको ब्याट्री किनेर दियो । ब्याट्री किनेर दिएपछि फाइनल परीक्षा दिएर खाली भएको समयमा मोटरसाइकल बनाएको उनले बताए । करिब ४५ हजार रुपैयाँको लागतमा मोटरसाइकल तयार भएको इन्द्रजीतको भनाइ छ । उनले १० देखि १५ दिनमा सो मोटरसाइकल बनाएका थिए ।

१२ भोल्टको ब्याट्री, ७५० आरपीएमको मोटर, डिजिटल डिस्प्ले स्पीड मिटर, इलेक्ट्रोनिक सर्किट बोर्ड र अन्य सामग्रीको प्रयोग गरेर निर्माण गरेको उनले बताएका छन् । यी सामग्री उनले नयाँ खरिद गरेका हुन भने अन्य सामग्री भने कवाडीबाट किनेपछि धोएर कलर गरेको उनले बताए । कवाडीबाट भने उनले ६ हजार रुपैयाँ बराबरको सामग्री किनेका थिए । 

‘मात्र ५ रुपैयाँ खर्च गर्दा एकपटक ब्याट्री फुल चार्ज हुन्छ,’ उनले भने, ‘ब्याट्री कस्तो प्रयोग गर्नु हुन्छ त्यही अनुसार टिक्ने न टिक्नेमा चाहिँ भर पर्छ,’ उनी भन्छन्, ‘चार दिनमा मैले ५–६ किलोमिटर कुदाइ सकेको थिएँ ।’ एकपटक चार्ज गर्दा ३५ किमीसम्म चल्ने उनको दाबी रहेको छ ।

इन्द्रजीतले विद्युतीय मोटरसाइकल बनाएको थाहा पाएपछि उनी विद्यालयले उनलाई बोलायो । त्यसपछि उनी मोटरसाइकल नै लिएर विद्यालय गए । विद्यालय प्रशासनले इन्द्रजीतले बनाएको मोटरसाइकल अन्य विद्यार्थीलाई पनि देखाएको छ । आफूले गरेका कामलाई धेरैले प्रशंसा गरेको इन्द्रजीतले बताए । ‘बेलबारी– २ का वडा सदस्य दीपक लिम्बूले घरमै आएर हामी तिमीलाई सहयोग गर्छाैँ भन्नुभएको छ,’ उनले भने, ‘मैले पढ्ने विद्यालयले पनि सहयोग गर्ने भनेको छ ।’ 

आमा बबिता र बुबा सुनिलको हौसलाका कारण पनि विद्युतीय सामाग्री बनाउन सहज भएको इन्द्रजीत बताउँछन् ।  आमा बबिता स्थानीय ठाउँमै चटपटे बेच्छिन् भने बुवा सुनिल वैदेशिक रोजगारीबाट भर्खर मात्रै घरमा आएका छन् ।  

इन्द्रजीतले ड्रोन, रिमोट कन्ट्रोल कारहरूबारे घरमै सिकेर मोटरसाइकल बनाएका हुन् । अहिलेसम्म कुनै औपचारिक तालिम नलिएको उनी दाबी गर्छन् । ‘मोटरसाइकल बनाउन भनेर अहिलेसम्म कुनै  तालिम लिएको छैन,’ उनी भन्छन्, ‘नागरिकता बनाएपछि व्यावसायिक रूपमा नै लाग्ने योजना बनाएको थिए । त्यही गरेको हुँ ।’ 

बजेट र तालिमको व्यवस्थापन सरकारले गर्दिए गाडीसम्म बनाउन सक्छु भन्ने आफूमा आत्मविश्वास रहेको इन्द्रजीत बताउँछन् । आफ्नो पहिलो परियोजना भएकाले अहिले बनाएको विद्युतीय मोटरसाइकल आफूले नबेच्ने उनले बताए । 

समय पविर्तनशील रहेकाले भविश्यमा अझ उद्यमको जमाना आउने इन्द्रजीत ठोकुवा गर्छन् । यसर्थ सबै नेपाली केही नकेही उद्यममा लाग्नु पर्नेमा उनको जोड छ । ‘विश्वमा नयाँ–नयाँ प्रविधिको विकास भइरहेको छ । हामी पनि प्रविधिसँग जोडिनु पर्छ,’ उनको तर्क छ । विद्यालय स्तरबाटै यस्ता विषयमा पठन–पाठन गरिनु पर्ने उनले बताए । इलेक्ट्रिक उद्यममा लाग्दा इन्द्रजीतको औपचारिक पढाइमा भने केही असर पुगेको छ । तर यसमा उनी त्यति दुःखी देखिएनन् । इन्द्रजीत पढाइ र उद्यमपछि बचेको समय फूटबल खेल्न मन पराउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x