कात्तिक १८, २०८०
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
काठमाडाैं | बैशाख ७, २०८१
एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दै छ । ओमानमा जारी प्रतियोगितामा नेपाल र यूएईबीचको खेल बिहान ११:४५ बजे शुरू हुनेछ ।
ओमानको अल अमरेत क्रिकेट मैदान टर्फमा हुने खेल नेपालका लागि आजको खेल निकै महत्वपूर्ण छ । यूएईलाई हराउँदै सेमिफाइनल यात्रा तय गर्नु त छँदै छ सन् २०२२ मा भोगेको हारको बदला लिने अवसरसमेत नेपाली टोली सामु छ।
नेपाल र यूएई चिर परिचित प्रतिद्वन्द्वी हुन् ।
सन् २०२२ को फेब्रुअरीमा यही मैदानमा नै भएको आईसीसी टी-२० विश्वकप छनोटमा यूएईसँग पराजित हुँदै नेपालको विश्वकप खेल्ने सपना अधुरै रहेको थियो । सन् २०१४ पछि विश्वकप खेल्ने योजनामा रहेको नेपाली टोलीको बाटोमा यूएई बाधक बनेको थियो । नेपाली टोली दुई वर्षअघि सोही मैदानमा भोगेको हारको बदला लिने दाउमा हुनेछ ।
दुई वर्षअघिको त्यो हारको बदला लिँदै नेपाल फाइनलमा स्थान पक्का गर्ने सोचमा छ । पछिल्लो एक वर्षमा नेपालको सुधार लोभलाग्दो छ । युएईको टोलीमा खासै परिवर्तन छैन ।
दुई टोली पछिल्लो पटक गत मंसिरमा घरेलु मैदानमा भएको आईसीसी टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा आमने-सामने भएका थिए । मूलपानी मैदानमा भएको खेलमा नेपालले यूएईलाई ८ विकेटले पराजित गर्दै १० वर्षपछि विश्वकपको ढोका खोलेको थियो ।
नेपाली टोली जारी प्रिमियर कपमा अपराजित टोली हो । नेपालले समूह चरणका चार खेलमा चार जीत निकालेको थियो । यूएई भने समूह चरणमा ओमानसँग हारेको थियो ।
टी–२० क्रिकेटमा नेपाल र यूएई अहिलेसम्म ९ पटक भेट भएका छन् । ती भेटमा यूएईविरुद्ध नेपाल हाबी देखिएको छ।
नेपालले ५ खेलमा जीत निकाल्दा यूएईले भने चार खेलको नतिजा आफ्नो पक्षमा पारेको छ । पछिल्ला ५ भेटलाई हेर्ने हो भने नेपालले ३ खेलमा जीत निकालेको छ। यूएईले भने दुई खेलमा मात्र विजयी भएको छ ।
आजै हुने दोस्रो सेमिफाइनलमा समूह बी को विजेता ओमानले समूह ए को उपविजेता हङकङसँग खेल्नेछ। सो खेल सवा ४ बजे शुरू हुनेछ ।
प्रिमियर कपको विजेताले टी २० एसिया कपमा स्थान बनाउनेछ । एसिया कपमा पुग्ने टोलीले भारत र पाकिस्तानसँग खेल्ने मौका पाउनेछन् ।
नेपालको टोली :
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि.सी. र अभिनाश बोहरा ।
यूएईको टोली :
मोहम्मद वासिम (कप्तान), आयन खान, एलिशान शराफु, अली नासिर, आसिफ खान, बासिल हामिद, जुनैद सिद्दिक, मोहम्मद फारुक, मोहम्मद हैदर शाह, ओमैद रहमान, राहुल भाटिया, राजा अकिफ, टानिश सुरी र विष्णु सुकुमारान ।
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...