कात्तिक १८, २०८०
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
काठमाडाैं | बैशाख ११, २०८१
कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणका लागि आज (मंगलबार) नेपाल आउँदै छन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेका हुन् ।
खाडी राष्ट्रहरूबाट नेपालमा हुन लागेको यो हालसम्मै सबैभन्दा उच्चस्तरको भ्रमण हो । राष्ट्रपति रामचन्द्र पौडेल कतारका अमिर अल थानीलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने छन् ।
कतारका अमिर थानी बंगलादेश हुँदै नेपाल आउन लागेका हुन् । कतारका अमिर थानी मंगलबार बंगलादेशको ढाका हुँदै दिउँसो साढे ४ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ ।
कतारी राजा थानी नेतृत्वको भ्रमण दलको सुरक्षाको प्रबन्ध नेपाली सेनाले गर्नेछ । सेनाका बलाधिकृत रथीको संयोजकत्वमा एकीकृत सुरक्षा समिति गठन गरेर सुरक्षा तैनाथीको व्यवस्थापन मिलाइएको छ ।
निजी जहाजमा नेपाल आउन लागेका राजा थानीसँगै ६ जनाभन्दा बढी मन्त्रीहरू पनि सहभागी हुनेछन् । उनी सोल्टी होटलमा बस्ने तय भएको उच्च स्रोतले बतायो ।
उनले मंगलवार राष्ट्रपति पौडेलसँग शीतलनिवासमा भेटवार्ता गर्नेछन् । उनी विमानस्थलमा ओर्लिएदेखि भीभीआईपी भेटवार्ता हुँदै होटल तथा सवारी रुटसम्म सेनाले सुरक्षाको व्यवस्थापन गर्नेछ ।
सैनिक प्रवक्ता गौरवकुमार केसीका अनुसार विभिन्न सेक्टरमा सुरक्षा प्रबन्ध मिलाउन उपसमितिहरू गठन भएका छन् ।
कतारी राजा थानीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भने बुधवार द्विपक्षीय वार्ता गरी केही सम्झौता र समझदारीमा हस्ताक्षर हुने कार्यक्रम रहेको स्रोतले जानकारी दियो । उनी बुधवारै साँझ स्वदेश फर्कने छन् ।
हाइप्वाइन्ट ड्युटीसँगै हेलिकप्टरबाट समेत गस्ती गर्ने सेनाको तयारी छ । सेनाले सुरक्षाको नेतृत्व लिए पनि ‘ब्याकअप’मा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीहरू रहने छन् । सवारी रुटमा व्यापकरूपमा सुरक्षाकर्मी परिचालन गरिने उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।
राजकीय भ्रमण भएकाले सवारी अवधिभर सडक खाली गराइने एआईजी दीपक थापाले जानकारी दिए । राजकीय भ्रमण हुँदा सेनाले नै सुरक्षाको नेतृत्व लिने चलन छ ।
सरकारले उनको नेपालका अवसरमा आज नेपालभर सार्वजनिक बिदासमेत दिएको छ ।
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...