मंसिर ८, २०८०
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
काठमाडाैं | बैशाख ११, २०८१
कतारका अमिर शेख तामिम बिन हमाद अल थानीको भ्रमणलाई नेपालले उच्च प्राथमिकता दिएको छ । दुई दिने राजकीय भ्रमणका लागि नेपाल आउन लागेका उनी मंगलवार अपराह्न पौने ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्ने कार्यक्रम छ । ७० जनाभन्दा बढी सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै राजा शेख तमिम बंगलादेश हुँदै नेपाल आउन लागेका हुन् । उनको टोलीमा कतार सरकारका ६ जना मन्त्रीसहित उच्च तहका अधिकारी हुनेछन् ।
कतारका अमिरको नेपाल भ्रमण मध्यपूर्वबाट हुन लागेको हालसम्मकै उच्च हो । विश्वमै उच्च प्रतिव्यक्ति आय भएका मुलुक मध्येको एक कतारबाट अहिलेसम्म नेपालमा राष्ट्रप्रमुखको भ्रमण हुन सकेको थिएन ।
अमिर २४ घण्टाभन्दा पनि कम समय नेपालमा रहनेछन् । करिब ५ लाख नेपालीलाई रोजगारी दिएको कतारका अमिरको नेपाल भ्रमण उच्च राजनीतिक तहमा मात्र होइन, आम सर्वसाधारणबीच पनि चर्चाको विषय बनेको छ।
कतारी अमिरले मंगलबार बेलुकी राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसलगत्तै सोल्टी होटलमा राष्ट्रपति पौडेलले कतारी अमिरको सम्मानमा दिने रात्रिभोजमा सहभागी हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
बुधबार बिहान कतारी अमिर र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'बीच प्रतिनिधिमण्डल स्तरमा द्विपक्षीय भेटवार्ता हुनेछ । परराष्ट्र मन्त्रालयको उच्च स्रोतले दुवै देशबीच श्रम, पर्यटन, खेलकुद र सञ्चारसहित विभिन्न मन्त्रालयसँग सम्झौता र एमओयू हुने दाबी गरेको छ ।
बुधवार प्रधानमन्त्री 'प्रचण्ड' र कतारका अमिरबीच हुने औपचारिक वार्तापछि दुई पक्षीय सहमति र समझदारीपत्रहरूमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको मन्त्रालय स्रोतले जनाएको छ । कतारी अमिर बुधबार दिउँसो स्वदेश फर्कने कार्यक्रम छ ।
यससँगै नेपालले अमिरको भ्रमणका समयमा कतारलाई एक जोडी हात्ती उपहार दिने तयारी पनि गरेको छ । परराष्ट्र र श्रमिक मामिलाका जानकारहरूले कतारका अमिरको भ्रमण अविस्मरणीय रहेको र नेपालले यसलाई दीर्घकालीन हितका रूपमा सदुपयोग गर्नुपर्ने सुझाव दिएका छन् ।
भ्रमणलाई दीर्घकालीन हितमा प्रयोग गर्न सक्नु कूटनीतिक सीपको परीक्षा
रमेशनाथ पाण्डे, पूर्वपरराष्ट्र मन्त्री
पूर्वपरराष्ट्र मन्त्री रमेशनाथ पाण्डेले कतारका अमिर एउटा राष्ट्राध्यक्ष मात्र नभएर मध्यपूर्वको प्रभावशाली शक्ति पनि रहेको टिप्पणी गरे । 'कतारको राजा एउटा राष्ट्राध्यक्ष मात्र नभएर मध्यपूर्वको प्रभावशाली शक्ति र भूमण्डलीय राजनीतिमा प्रभावशाली व्यक्तित्व हुन् भन्ने बुझ्नुपर्छ,' उनले लोकान्तरसँग भने, 'कतार र नेपालबीच पत्यार र सहकार्यको सम्बन्ध बनाउन सकियो भने बाँकी सहयोग सहायता इत्यादि स्वतः हासिल हुन्छ ।'
उनले कतारी अमिरको भ्रमणलाई दीर्घकालीन हितमा प्रयोग गर्न सक्नु नेपाली कूटनीतिक सीपको परीक्षा हुने पनि बताए । 'कतारका राजाको नेपाल भ्रमणलाई दीर्घकालीन हितमा प्रयोग गर्न सक्नु नेपाली कूटनीतिक सीपको परीक्षा हुनेछ,' उनले भने ।
आफू परराष्ट्रमन्त्री हुँदाखेरि कतारसँग सबैभन्दा पहिला श्रम सम्झौता गरेको पनि पाण्डेले स्मरण गरे । 'कतारसँग सबैभन्दा पहिला श्रम सम्झौता मेरै पालामा भएको थियो,' उनले भने, 'त्यो गर्ने मै हुँ ।
अविष्मरणीय क्षण
दीपकुमार उपाध्याय, भारतका लागि पूर्वनेपाली राजदूत
भारतका लागि पूर्वनेपाली राजदूत दीपकुमार उपाध्यायले कतारी राजाको नेपाल भ्रमण एक अविस्मरणीय क्षण रहेको टिप्पणी गरेका छन् । 'कतारी अमिर पूर्वी एसियाका महत्त्वपूर्ण व्यक्तित्व र इस्लामिक संसारसँग राम्रो सम्बन्ध नेतृत्व गरेका व्यक्ति हुन् । उनको नेपाल भ्रमण एक अविस्मरणीय क्षण हो,' उनले लोकान्तरसँग भने ।
उपाध्यायले कतारसँग भएको श्रम सम्झौतालाई अझ नेपालीको हकहितमा अद्यावधिक गरेर नयाँ तहको समझदारी बनाउन सके नेपाली श्रमिकले थप फाइदा लिन सक्ने बताए । 'श्रमिकलाई थप सुविधाहरू उपलब्ध गराउनेगरी सम्झौता हुन सके यसले आम जनताकै जीवनस्तरमा सकारात्मक प्रभाव पार्न सक्थ्यो,' उपाध्यायले भने, 'मरुभूमि नै मरुभूमि भएको कतारलाई केही दशकमै भिजन र आँटले गर्दा कहाँबाट कहाँ पुग्यो । हामीसँग सबै भएर पनि केही गर्न सकिएको छैन ।'
कतार लगानीकर्ता देश पनि भएकाले त्यहाँबाट नेपालले पैसा र प्रविधि ल्याउन सक्नुपर्ने उपाध्यायले बताए । उपाध्यायले परराष्ट्र नीतिको हकमा नेपालमा राष्ट्रिय हिसाबले एकता हुनुपर्नेमा त्यसो नभएको भन्दै चिन्तासमेत व्यक्त गरे ।
कतारी राजाले हामीलाई महत्त्व दिएर आउनु नै कूटनीतिक सफलता हो
प्रा. डा. खड्ग केसी
अन्तर्राष्ट्रिय कूटनीतिक मामिलाका विज्ञ रहेका त्रिभुवन विश्वविद्यालयका नवनियुक्त शिक्षाध्यक्ष प्रा. डा. खड्ग केसीले कतारको अमिरको नेपाल भ्रमण अत्यन्तै सकारात्मक भएको टिप्पणी गरेका छन् । 'यो अत्यन्तै सकारात्मक कुरा हो,' उनले भने, 'संसारकै सबैभन्दा धेरै प्रतिव्यक्ति आय भएको देश र मध्यपूर्वका प्रभावशाली राजनीतिज्ञले हामीलाई महत्त्व दिएर आउनु नै हाम्रो एक किसिमको कूटनीतिक सफलता हो ।'
उनले कतारमा रोजगारीमा रहेका नेपाली श्रमिकको हितसँगै प्रत्यक्ष वैदेशिक लगानीका लागि पनि कतारसँग पहल गर्नुपर्ने बताए । 'हामीले नेपालको अर्थमन्त्रालय, लगानी बोर्ड, प्राइभेट सेक्टरसँग विमर्श गरेर हिमालयको स्वच्छ पानी कतार निर्यात गर्नेबारे गहन ढंगले सोच्नुपर्छ,' डा. केसीले लोकान्तरसँग भने ।
उनले कतार इजरायल-हमास द्वन्द्वको मध्यस्थकर्ता पनि रहेकाले उक्त लडाईंमा बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीबारे पनि नेपालले कुरा गर्नुपर्ने बताए ।
'इजरायल-हमास युद्धको रिसोलुसनमा कतारले जोड दिएकाले नेपाली विद्यार्थी विपिन जोशीबारे पनि कतारका राजासँग हामीले कुरा गर्नुपर्छ,' उनले भने ।
उनले नेपालले ठूलो सपिङ लिस्ट बनाउन नहुने बताए । 'हामीले सपिङ लिस्ट ठूलो बनाउनु हुँदैन,' डा. केसीले भने, 'उनीहरूले विश्वभरका ब्रान्डेड सामानहरू किन्ने हैसियत राख्छन् । मात्र यहाँको वाटर रिसोर्सेसलाई प्रयोग गर्ने र हाइड्रो पावर प्रोजेक्टमा लगानी गर्ने गरी सहमत मात्र गराउन सक्यौं भने त्यो हाम्रो अर्को सफलता हो ।'
नयाँ सम्झौता गर्ने पहल गर्नुपर्छ
गोकर्ण विष्ट, पूर्वश्रममन्त्री
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्हालेका पूर्वमन्त्री गोकर्ण विष्टले कतारमा काम गर्ने नेपाली श्रमिकको अधिकतम हितलाई ध्यानमा राखेर सम्झौता हुनुपर्नेमा जोड दिए ।
उनले आफू मन्त्री हुँदा मलेसियासँग श्रमिकको अधिकतम हितलाई ध्यानमा राखेर श्रम सम्झौता गरेको र त्यसले वैदेशिक रोजगारका लागि मलेसिया जाने नेपाली कामदारलाई फाइदा पुर्याएको स्मरण गरे ।
'त्यही स्तरको सम्झौता कतारसँग पनि हुनुपर्छ,' पूर्वमन्त्री विष्टले लोकान्तरसँग भने । त्यसबाहेक कतारबाट नेपालमा भित्र्याउन सकिने वैदेशिक लगानीबारे पनि गहन छलफल हुनुपर्ने विष्टको भनाइ छ ।
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...