×

NIC ASIA

महिला हक्कीको उपाधि आर्मीलाई

काठमाडाैं | बैशाख १८, २०८१

Prabhu Bank
NTC
Premier Steels

विभागीय टोली आर्मी क्लबले छैटौँ साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि जितेको छ ।

Muktinath Bank

मङ्गलवार भएको फाइनल खेलमा आर्मीले गण्डकी प्रदेशलाई ४-१ गोल अन्तरले हराउँदै उपाधि जित्न सफल भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धुलिखेल खेल मैदानमा आर्मीलाई जित दिलाउन सरस्वती तामाङले दुई गोल गरिन् । सीमा खड्का र कमला चन्दले एक एक गोल गरिन् । 


Advertisment
Nabil box
Kumari

उता गण्डकीका लागि सीता माया बलले एक गोल फर्काइन् । आर्मीका लागि खेलको चौथो मिनेटमा सरस्वतीले गोल गर्दै टिमलाई अग्रता दिलाइन् ।

Vianet communication

उता गण्डकीका लागि खेलको १६औँ मिनेटमा सीताले  गोल गर्दै टिमलाई बराबरीमा ल्याइन् । खेलको १८औँ मिनेटमा सरस्वतीले गोल गर्दै आर्मीलाई २-१ गोलको अग्रता दिलाइन् । 

खेलको २४औँ मिनेटमा कमलाले गोल गर्दै टिमलाई ३-१ गोलको अग्रता दिलाइन् । खेलको ५७औँ मिनेटमा सिमाले गोल गर्दै आर्मीलाई उपाधि दिलाउन सफल भइन् । 

फाइनल खेलको प्लेअर अफ द म्याच कमला चन्द चुनिन्।

उपाधिसँगै आर्मीले एक लाख रुपैयाँ प्रप्त गरेको छ । दोस्रो हुने गण्डकीले ७५ हजार प्राप्त गरेको छ । 

आज तेस्रो स्थानका लागि भएको खेलमा सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशलाई १-० गोल अन्तरले हराउँदै तेस्रो स्थान हासिल गर्यो । 

सुदूरपश्चिम प्रदेशका लागि खेलको २७औँ मिनेटमा बबिता उराउले गोल गर्दै टिमलाई जित दिलाउन सफल भइन् । 

त्यस्तै प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरूले जनही १० हजार पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगितामा सर्वाधिक १० गोल गरेकी आर्मीकी सरस्वती वेस्ट स्कोरर हुन सफल भइन । 

प्रतियोगिताका इमर्जिङ प्लेअर सुदूरपश्चिम प्रदेशकि नमिता एसके  चुनिन् । वेस्ट गोलकिपरमा गण्डकीकी गोमा परियार, वेस्ट डिफेन्डरमा आर्मीकी सरिता मेचे र आर्मीकै निलिमा पाण्डे प्लेअर अफ द टुर्नामेन्ट चुनिन् । 

प्रतियोगितामा नेपाल आर्मी, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, मधेस प्रदेश र सुदूरपश्चिम प्रदेश गरी ६ टिमको सहभागिता रहेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

जेठ २, २०८१

इंडियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा सोमबार राति सम्पन्न खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २०९ रनको लक्ष्य पछ्य...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x