×

NMB BANK
NIC ASIA

संसदमा प्रधानमन्त्री ओली र गगनको सवाल–जवाफ : 'क्याल्कुलेटर नै बोक्नुभा'छ कि के हो ?'

भदौ १२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – प्रतिनिधिसभामा आजभोलि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सांसद गगन थापाबीच रोचक सवालजवाफ चल्ने गरेको छ ।

Muktinath Bank

गगनको तर्कपूर्ण एवं चोटिलो सवाल र प्रधानमन्त्री ओलीको ठट्यौली एवं व्यंग्यात्मक जवाफले सांसदहरूलाई समेत भरपूर मनोरञ्जन दिन्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतिनिधिसभाको मंगलबारको बैठकमा पनि यस्तै सवालजवाफ चल्यो । 


Advertisment
Nabil box
Kumari

आफ्नो सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले संविधान जारी भएयता बनेका अन्य सरकारले काम नगर्दा आफूले दुःख पाएको बताएका थिए ।

Vianet communication
Laxmi Bank

प्रधानमन्त्रीको सम्बोधन सकिएपछि सांसदहरूले प्रश्न सोध्ने पालो आयो ।

गगन थापाले उठेर सोधे –

‘सम्माननीय प्रधानमन्त्रीज्यूले सम्बोधनका क्रममा संविधान जारी भएपछि अन्य सरकारले काम नगरेकाले साह्रै दुःख पाएँ भन्नुभयो । सम्माननीय प्रधानमन्त्रीज्यूलाई जानकारी गराउँदै सोध्न चाहन्छु, संविधान जारी भएपछिको ७५ प्रतिशत समयमा सरकार कसले चलाएको हो ? सम्माननीय प्रधानमन्त्रीज्यू र सम्माननीय प्रधानमन्त्रीज्यूको पार्टीको जहाज चलाउने को–पाइलटले सरकार चलाउनुभएको समय जोड्दा ७५ प्रतिशत पुग्छ । त्यो ७५ प्रतिशत समयमा काम गर्न नसकेको जिम्मा लिन सम्माननीय प्रधानमन्त्रीज्यू तयार हुनुहुन्छ ?’

सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रमको अन्तिममा प्रधानमन्त्री ओलीले गगनलाई जवाफ फर्काए ।

उनले भने– ‘क्याल्कुलेटर नै बोक्नुभा'छ कि के हो ? ७५ पर्सेन्टको कुरा गर्नुभएको थियो । पर्सेन्टेज एक्ज्याक्ट्ली कति हुन्छ ? दशमलवपछिको हिसाब गर्नुभएन ?’

विगतमा पटक–पटक कांग्रेस–एमाले, कांग्रेस–माओवादी, एमाले–माओवादी, कांग्रेस–राप्रपा संयुक्त सरकार बनेको प्रसंग उल्लेख गर्दै ओलीले थपे – ‘मुलुकी ऐन अहिले कार्यान्वयन भयो, बन्यो पोहोर । तैपनि हमला ! त्यसमा पर्सेन्टेज कसरी निकाल्नुहुन्छ ?’

प्रधानमन्त्री ओलीले सांसदहरूको असभ्य भाषा सुनेर आफूलाई लाज लाग्ने गरेको पनि बताए ।

‘एकजना मान्यजीले मलाई सोध्नु’भो– प्रधानमन्त्रीज्यू, लाज लाग्दैन ?’ यति असभ्य बोल्ने साथीहरू देख्दा किन लाज नलाग्नु, लाग्छ नि !’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x