प्रधानमन्त्री ओलीलाई ‘मार्छु’ भन्ने तामाङ पक्राउ

जेठ ६, २०७६

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्छु भन्दै फेसबूकमा कमेन्ट गर्ने व्यक्ति पक्राउ परेका छन् ।

सिन्धुपाल्चोक लिशंखु गाउँपालिकाका ३४ वर्षीय लालबहादुर तामाङलाई बिजुलीबजारबाट पक्राउ गरेको अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले लोकान्तरलाई बताए ।


ADVERTISEMENT

फेसबूकमा ‘५० हजार दिएमा केपी शर्मा ओलीलाई मार्छु’ भन्ने कमेन्ट गरेकाले उनलाई समाइएको एसएसपी थापाले बताए । 

विद्युतीय अपराध ऐन अनुसार तामाङलाई ५ वर्षसम्म कैद हुन सक्नेछ । उनीमाथि थप अनुसन्धान भइरहेको अपराध महाशाखाले जनाएको छ ।

जेठ ६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस