पटक-पटक ट्वीट गर्दै प्रधानमन्त्री खानले आफ्नो टीमको हौसला बढाए, तर क्याप्टेनले टेरेनन् ...

असार १, २०७६

काठमाडौँ - भारत र पाकिस्तानको बीच जब मैदानमा आमनेसामने हुन्छ, तब दुवै टीमको जित्ने चाहनेले आकाश चुम्ने गर्छ । जब वर्ल्ड कपको कुरा आउँछ तब त कुरै अर्कै ।

विश्वकपको रेकर्ड अनुसार दुवै टीम विश्वकप खेलका लागि ६ पटक आमनेसामने भएका छन् तर पाकिस्तानले एक पटक पनि जितेको छैन ।


ADVERTISEMENT

यही परिप्रेक्षमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले एकपछि अर्को ट्वीट गर्दै पाकिस्तानी टीमको हौसला बढाएका छन् । खानले पाकिस्तानी टीमको कप्तान सरफराज अहमदलाई टस जितेपछि ब्याटिङ गर्ने सल्लाह दिए तर अहमदले टस त जिते तर बलिङ गर्ने फैसला लिए ।

प्रधानमन्त्री खानले एकपछि अर्को ट्वीट गर्दै आफ्नो टीमलाई हौसला दिन कुनै कसर छाडेनन् ।

'जब मैले आफ्नो करियर शुरू गरेको थिएँ तब ७० प्रतिशत प्रतिभा र ३० प्रतिशत मानसिक स्थितिले सफलता पाउन सकिने बुझेको थिए,' उनले ट्वीटमा भने, 'जब मैले क्रिकेट खेल्न छोडे तब यो आंकडा ५०-५० हुन पुग्यो । म मेरो साथी गावास्करसँग सहमत छु कि खेलमा ६० प्रतिशत मानसिक स्थिरता र ४० प्रतिशत प्रतिभाको जरूरी हुन्छ । आजको म्याचमा दिमागको भूमिका ६० प्रतिशत भन्दा बढी छ ।'

क्रिकेटरबाट नेता बनेका खान जब पाकिस्तान टीमको कप्तान थिए तब १९९२ मा विश्वकप जितेका थिए । 'हार्ने आशंकाको दिमागबाट निकाल्दिनु पर्छ,' खानले भनेका छन्, 'किनकि दिमागमा एक समय एक विचार आउन सक्छ । हार्ने डर एक नकारात्मक र रक्षात्मक रणनीति तर्फ लैजान्छ र यसबाट विरोधी टीमले गर्ने गल्तिहरूमा ध्यान जान्न । यो मेरो सुझाव पाकिस्तानी टीमको कप्तान सरफराजका लागि हो ।'

तर कप्तान सरफराजले आफ्ना प्रधानमन्त्रीको सुझाव मानेनन् । टस जितेर ब्याटिङ गर्नुपर्ने प्रधानमन्त्रीको सुझावलाई लत्याउँदै उनले बलिङ रोजे । पछिल्लो समयमा ४६.४ ओभरमा ४ विकेटको क्षतिमा भारतले ३ सय ५ रन बनाएको छ । पाकिस्तानको बलिङ प्रभावकारी देखिएको छैन ।

असार १, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार