युवराज सिंह अब वेब सिरिजमा देखिने

असार १५, २०७६

एजेन्सी- पूर्वभारतीय क्रिकेटर युवराज सिंह अब कलाकार बन्ने भएका छन् । 

हालै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका युवराज सिंहले वेब सिरिज 'द अफिस'को भारतीय संस्करणमार्फत कलाकारितामा डेब्यू गर्न लागेका हुन् ।   


ADVERTISEMENT

१९ वर्षे लामो क्रिकेट करिअरबाट सन्यास लिँदै उनले अब वेब सिरिजमा देखिन लागेका हुन् । 

यसबारेमा उनले केही नयाँ गर्न खोज्नु सधैं राम्रो हुने बताए । उनले भने, 'मैले क्रिकेटबाट धेरै कुरा पाएँ । क्रिकेट मेरो जीवनको हिस्सा रह्यो  र जबसम्म मैले क्रिकेट खेलेँ, खेलबाहेक दोस्रो कुरामा मेरो ध्यान गएन । अनि मैले सोचेँ कि अब केही नयाँ काम गर्नुपर्छ ।'

उनले आफूले 'द अफिस' शोका अन्य एक्टर्सहरूसँग शूटिङ गरिसकेको र मानिसहरूले मन पराउने उनको भनाइ छ । 

असार १५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस