एनआईसी एशिया बैंकको सपोर्ट सेवा सञ्चालनमा

असार १६, २०७६

काठमाडौं- एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई अझ बढी सुविधा दिने हेतुले उत्कृष्ट सेवा प्रदान गर्न 'एनआईसी एशिया सपोर्ट सेवा' सञ्चालनमा ल्याएको छ । 

यस सेवाको माध्यमबाट एनआईसी एशिया सपोर्ट पेजमार्फत् बैंकको सूचना तथा गुनासो सुनुवाइका विभिन्न माध्यमहरू एकै स्थानमा एकीकृत गरी ग्राहकवर्गको सुविधाको लागि एकै स्थानबाट गुनासो सुनुवाइ गर्नुका साथै आवश्यक सूचनाहरू समेत प्राप्त गर्न सकिनेछ । यस सेवाको प्रयोगबाट सेवाग्राहीले बैंकको वेबसाइटमा लगइन गरी लाईभ च्याटमार्फत् सहभागिता जनाउन तथा फिडब्याक पेजमार्फत् सुझावसमेत राख्न एवं बैंकको सेवासम्बन्धी सूचना र नयाँ कार्यक्रमहरुबारे जानकारी पाउन सक्नेछन् ।


ADVERTISEMENT

यो हेल्पडेस्क पेजमा साइनइन गरी सेवाग्राहीले सुझाव तथा गुनासोहरू राख्नुका साथै ती सुझाव तथा गुनासोहरूको सम्बोधनबारे जानकारी प्राप्त गर्न सक्नेछन् । यस प्रकारको सेवा नेपाली बैंकिङ क्षेत्रमै पहिलो भएको र यस सेवाबाट ग्राहकको सुझाव तथा गुनासोहरूलाई उच्च प्राथमिकताका साथ सम्बोधन गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर २८५ शाखा कार्यालयहरू, २९४ एटीएम, ४६ वटा एक्सटेन्सन काउन्टर एवं ३७ वटा शाखारहित बैंकिङ इकाइमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकका करीब १६ लाख ग्राहक छन् । 

असार १६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस