‘साँड की आँख’ फिल्मको टीजर सार्वजनिक, तापसी र भूमिको अनौठो लूक्स

असार २६, २०७६

काठमाडौं – बलिउड अभिनेत्रीहरू भूमि पेडनेकर र तापसी पन्नूको नयाँ फिल्म ‘साँड की आँख’ को टीजर सार्वजनिक भएको छ । 

शूटर हजुरआमाको भूमिकामा दुवै अभिनेत्री अनौठो लूक्समा देखिएका छन् । फिल्म उत्तर प्रदेशको जौहडी गाउँका वृद्ध शार्पशूटर प्रकाशी तोमर तथा चन्द्रो तोमरको रियल लाइफ स्टोरीमा आधारित छ । 
फिल्मको निर्देशन तुषार हीरानन्दानीले गरेका हुन् । 


ADVERTISEMENT

यो फिल्म तिहारमा रिलिज हुँदैछ । फिल्ममा व्यावसायिक चन्द्रा र प्रकाशी शार्पशूटर बनेको यात्रालाई देखाइनेछ । यी दुवैले ६५ वर्षको उमेर काटेपछि शूटिङमा ३० भन्दा बढी राष्ट्रिय प्रतियोगिताहरू जितेका थिए । तमाम बाधा पार गरेर उनीहरूले शूटरका रूपमा ३५२ मेडल जिते । 

तापसी र भूमिलाई मेकअपमार्फत वृद्धा देखाइएको छ । हरियाणवी बोलीलाई तापसीले मज्जाले समातेको देखिन्छ ।

अनुराग कश्यप फिल्मका क्रिएटिभ प्रोड्युसर हुन् । फिल्ममा तापसी र भूमिबाहेक प्रकाश झा, विनीत कुमार र शाद रन्धावा पनि प्रमुख भूमिकामा देखिनेछन् । 

टीजरपछि अब ट्रेलर पनि छिट्टै सार्वजनिक हुनेछ ।

एजेन्सी

असार २६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार