क्यानडाबाट अस्ट्रेलिया गइरहेको विमानमा यात्रुहरू छत छुने गरी उफ्रिए

असार २७, २०७६

काठमाडौं – एयर क्यानडाको एक विमान बिहीवार अस्ट्रेलिया गइरहेको बेलामा वायुमण्डलमा गडबडी आएका कारण निकै हल्लियो । 

त्यसबेलामा सुरक्षापेटी नबाँधेका यात्रुहरू सीटबाट उफ्रेर छतमा ठोकिन पुगे । अप्ठ्यारो स्थिति आएपछि विमानलाई हवाईमा ओराल्नुपरेको थियो । 


ADVERTISEMENT

एयर क्यानडाकी प्रवक्ता एन्जेलाले एक बयान जारी गरे भ्यानकूभरबाट सिड्नी गइरहेको विमान अचानक वायुमण्डलीय गडबडीमा परेको बताइन् । 

एक यात्री स्टेफनी बीमले भनिन्, ‘विमान हल्लिन थालेपछि मैले मेरा बच्चाहरूको सुरक्षापेटी कसिएको छ कि छैन भनी हेरें । केही मानिस उफ्रिएर छतमा ठोकिएको मैले देखें ।’

बीमका अनुसार, उनीभन्दा पछाडिको सीटमा बसेकी महिला छतमा बेस्सरी ठोकिँदा अक्सिजन मास्क नै फुट्यो । 

उद्धारकर्ताहरूले ३७ यात्री र विमान कर्मचारीहरू घाइते भएको र नौजनालाई गम्भीर चोट लागेको बताए । होनोलुलुका इमर्जेन्सी सेवा प्रमुख डीन नकानोले घाइतेहरूमा बालबालिका र वृद्ध पनि रहेको बताएका छन् । 

एजेन्सी
 

असार २७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस