×

NMB BANK
NIC ASIA

अन्तत: नेकपाको एकता प्रक्रियाले पूर्णता पायो

असार ३१, २०७६

NTC
फाइल तस्बिर
Premier Steels

काठमाडौँ–एकीकरण भएको १३ महिनापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रिया टुंगोमा पुगेको छ । 

Muktinath Bank

पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको वार्ताबाट एकताको टुंगो लगाइएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आज दुई अध्यक्षबीच भएको  छलफलबाट सङ्गठनसँग सम्बन्धित सबै प्रक्रिया  टुुंगो लागेको महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिए ।  


Advertisment
Nabil box
Kumari

 पौडेलका अनुसा पार्टीका केन्द्रीय आयोग, विभाग, केन्द्रीय सल्लाहकार परिषद्, विशेष प्रदेश, अन्तर्राष्ट्रिय प्रवास कमिटी गठन, कार्यविभाजनलगायत एकताका बाँकी रहेका सम्पूर्ण कामलाई अन्तिम रुप दिइएको छ ।

Vianet communication

 आज टुङ्गिएको गृहकार्य साउन ५ गते बस्ने पार्टीको सचिवालय बैठकमा पेश हुने र त्यसपछि कार्यान्वयन जाने महासचिव पौडेलले जानकारी दिए । 

एक्ता टुंगो लगाउने सम्बन्धी बैठकमा अध्यक्षद्वय, महासचिव पौडेल र पार्टी नेता रामबहादुर थापा सहभागी थिए । 

यसैबीच सहमतिबारे वरिष्ठ नेता माधव नेपालको भने धारणा आइसकेको छैन । उनले भागबण्डाबारे असहमति राख्दै आएको बेला उनको सहमतिमा टुंगो लगाइएको हो या होइन भन्नेबारे स्पष्ट भइसकेको छैन।  

मदन भण्डारीको ६८ औं जन्मजयन्तीको अवसरमा सम्बोधन गर्दै गत असार १४ गते प्रधानमन्त्री समेत रहेका ओलीले ओलीले असार महिनाभित्रै पार्टी एकताको बाँकी काम सम्पन्न गर्ने बताएका थिए । 

यस्तै अध्यक्ष प्रचण्डले पनि असारभित्र एकताको सवै काम सकाउने घोषणा गर्ने गरेका थिए । दुई अध्यक्षले एकताको टुंगो लगाउने भन्दै पटक पटक भाका दिने तर निर्णयमा पुग्न नसकेको भन्दै आलोचना समेत हुने गरेको अवस्थामा मंगलबार भने सबै प्रक्रिया टुंगो लगाइएको हो । 

सहमति अनुसार पार्टीको ३२ विभागमध्ये १८ वटा तत्कालीन एमाले र १४ वटा तत्कालीन माओवादीको भागमा परेको छ ।

यस्तै जिल्ला कमिटीको इन्चार्ज र सहइन्चार्जमा भने ६० र ४० को आधारमा बाँडफाँड भएको बताइएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x