×

NMB BANK
NIC ASIA

सचिवालय बैठकअघि प्रचण्ड निवास खुमलटारमा पूर्व माओवादी नेताहरूको लर्को

साउन ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– आज बस्ने भनिएको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकअघि नेताहरू आन्तरिक छलफलमा व्यस्त भएका छन् ।

Muktinath Bank

दिउँसो १ बजेदेखि सचिवालय बैठक बस्ने तयारी थियो । तर बिहानको खाना पनि नखाई प्रचण्ड निवास खुमलटारमा पूर्वमाओवादी पक्षका शीर्ष नेताहरू जम्मा भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'नेताहरू आउनेजाने भइरहन्छ तर आज सचिवालय बैठकका लागि पूर्वतयारी स्वरूप भेला हुनुभएको हो,' खुमलटार स्रोतले भन्यो, 'आजको सचिवालयले महत्त्वपूर्ण निर्णय गर्ने र त्यससम्बन्धमा पूर्व सहमति आवश्यक देखिएकाले नेताहरू बैठक र छलफलमा जुट्नुभएको हो ।' 


Advertisment
Nabil box
Kumari

असार मसान्तभित्र नै एकताका सम्पूर्ण प्रक्रिया सक्ने भनिएको भएता पनि सहमति जुट्न नसकेका कारण एकता प्रक्रिया लम्बिएको थियो ।

Vianet communication
Laxmi Bank

असार ३१ गते साँझ अबेरसम्म बसेको शीर्ष नेताहरूको बैठकले पूर्व एमाले र पूर्व माओवादीबीच विभागहरूको भागबण्डा गरेको थियो । 

भागबण्डा अनुसार ३२ विभागमध्ये पूर्व एमालेको पक्षमा १८ र पूर्वमाओवादीको पक्षमा १२ विभाग परेको थियो ।

पूर्व एमालेका नेताहरूले आफ्नो भागमा परेका चार महत्त्वपूर्ण विभागहरूको नेतृत्व टुंगो लगाइसकेको छ । 

जसअनुसार संगठनमा वामदेव गौतम, स्कूलिङमा ईश्वर पोखरेल, विदेश विभागमा माधवकुमार नेपाल र नीति तथा प्रतिष्ठान विभागमा वरिष्ठ नेता झलनाथ खनाल तोकिइसकेका छन् भने पूर्व माओवादीतर्फ परेको आर्थिक र प्रचार विभागको नेतृत्व तोक्न बाँकी छ । 

आज बस्ने सचिवालय बैठकले जिल्ला इञ्चार्ज, बाँकी रहेका अन्य विभाग, आयोगहरू, सल्लाहकार परिषद, जेष्ठ नागरिक संगठनको नेतृत्वमा सहमति जनाउनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x