×

NMB BANK
NIC ASIA

नेपालका लेखक र काल्बुङका पाठकबीच अन्तरसंवाद

साउन ९, २०७६

NTC
Premier Steels

काठमाडौं- कथासंग्रह 'गोहो'का लेखक जिके पोख्रेलले काल्बुङका पाठक तथा सर्जकहरूसँग बहस गरेका छन् । 

Muktinath Bank

साङ्ग्रिला रिडर्स क्लबले गरेको आइतवारे डिस्कोर्समा 'कथाको काम' शीर्षकको बहसमा बोल्न उनलाई साङ्ग्रिला बुक क्याफेमा निम्त्याइएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गोहोलाई केन्द्रमा राखेर रिडर्स क्लबका सदस्यहरूले उनीसित एक घण्टा लामाे संवाद गरे । यसैबीच समीक्षकहरूले उनको कथा लेखन शैलीलाई`समाचारको सर्जमिन´जस्तै भन्ने सन्दर्भ कोट्याए ।


Advertisment
Nabil box
Kumari

पोखरेलले भने, 'नेपालका पत्रकारहरू नेता वा मन्त्रीका पीएसँग अफिस काेठामा पुगेर `बुँदा´ टिपेर कथेकाे फिक्सनले पत्रिकाका मुखपृष्ठ भरिएका हुन्छन् । त्यसैले त भाेलिपल्ट नेता/मन्त्रीले समाचारमा आफ्नो `बाइट´ बङ्ग्याइएकाे स्पष्टिकरण दिन्छन् । हालकाे नेपाली पत्रकारिताकाे मुलधारकाे समस्या यही हाे । नेपालमा `कथ्य/आख्यानसिक्त´ समाचार परम्परा हुर्किएको छ। मेराे कथाकाे सन्दर्भमा शैली अलिक झिँझो लाग्दो र घुमाउराे भए पनि पढिसकेपछि मेरा कथाहरूले कुनै न कुनै विचार दिन्छ ।’

Vianet communication

पोख्रेलले आफ्नो कथामा नेपालमा भएको माओवादी आन्दोलनप्रतिको असहमति रहेको खुलाउँदै भने, 'काेठे समाचारमा घाेकाइएको द्वन्द्व र मैले आफैं बाँचेको द्वन्द्व फरक थियो ।' 

संवादका क्रममा लेखकले समाजको चिन्ता गर्ने भन्दै उनले आजको नेपाली गणतन्त्र जनयुद्धले तय नगरेको अनि गणतन्त्र १९ दिने आन्दोलन र दरबार हत्याकाण्ड रहेकाे खुलाए ।

‘अहिले नेपाली गणतन्त्र कुनै उपलब्धि हाेइन,'  उनले भने, `पहिलेकाे पाँच विकास क्षेत्रकाे प्लटिङलाई नयाँ रूप दिएर सात प्रदेश बनाए, भुइँ मान्छेका समस्या उस्तै छन् । जनताले यति उपलब्धि मात्रै आशा गरेका थिएनन् । यही कुरा मैले कथामर्फत भनेको हुँ ।’

उनलाई पाठकहरूले नेपालमा लेखेर जीविका चलाउन सक्ने स्थिति बनिसकेको मिडियाको हल्ला दार्जिलिङसम्म नै आइपुगेको सन्दर्भ झिक्दै भने, 'त्यो हल्ला मात्रै हो । नेपालमा लेखेर जिविका चलाउने स्थिति बनेको छैन । तीन चारजना लेखकलाई देखाएर यस्तो हल्ला गरिएको मात्र हो ।'

उनले  नेपालमा वेस्ट सेलर किताबबारे पनि यस्तो हल्लाखल्ला गरिएको बताए । यता रिडर्स क्लब सञ्चालक उमेश परियारले नेपालका कथा, लेखक, त्यहाँ लेखिएका साहित्य र समाजको सम्बन्ध पोखरेलबाट बुझ्न सहज बनेको जनाए । ‘दार्जिलिङमा नेपालका चर्चित किताबहरू आइपुग्छन् तर लेखकहरूसित दार्जिलिङका पाठकले संवाद गर्ने अवसर नै पाउँदैन,’ उनले भने, ‘रिडर्स क्लबले उप्रान्त नेपाली, हिन्दी, अंग्रेजी भाषाका लेखकहरूलाई निम्त्याएर संवाद निरन्तर गर्नेछ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

चैत ३०, २०८०

लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...

बैशाख ४, २०८१

गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि पंगे...

बैशाख ७, २०८१

दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ ।  प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलकार ...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x