×

NMB BANK
NIC ASIA

निर्मलाका हत्यारा दिलिपसिंह विष्ट हुन सक्छन् तर प्रमाण पुगेन : गृहमन्त्री थापा

साउन १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – निर्मलाको हत्यारा दिलिपसिंह विष्ट हुनसक्ने गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बताएका छन् । 

Muktinath Bank

सोमवार प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा समितिले सोधेको प्रश्नको उत्तर दिँदै मन्त्रीले थापाले निर्मलाको हत्यारा दिलिपसिंह विष्ट हुनसक्ने बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

थापाले भने, ‘दिलिपसिंह विष्टविरुद्ध धेरैजसो प्रमाण छन् तर डीएनए रिपोर्ट नमिल्दा अपराधी उहीँ नै भन्न सकेका छैनौं ।’


Advertisment
Nabil box
Kumari

निर्मला हत्या अनुसन्धानमा प्रहरीबाट गल्ती भएको स्वीकार्दै गृहमन्त्री थापाले केही कमीकमजोरी भएको यस्ता कमीकमजोरी गर्ने प्रहरीलाई कारवाही तथा निलम्बन समेत गरेको बताए ।

Vianet communication
Laxmi Bank

राष्ट्रिय सभाका सांसद विमलादेवी आले (राना), राधेश्याम अधिकारी र चन्द्रबहादुर खड्काले ‘निर्मलाको हत्या भएको १ वर्ष पुगिसक्दा पनि किन प्रहरीले हत्यारा लगाउन सकेको छैन ? हाइप्रोफाइल हत्यारा खोज्दा बिग्रिएको हो ? दिलिपसिंह विष्टमाथि धेरै प्रमाण जुटिसक्दा पनि किन दिलिपलाई हत्यारा घोषित गर्न सकेको छैन ? के डीएनए नमिलेकै आधारमा प्रहरीले हत्यारा पत्ता लगाउन नसकेको हो ? अनुसन्धानको नाममा अन्य व्यक्तिलाई दुःख दिन पाइन्छ ?’ भनेर प्रश्न गरेका थिए । 

प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले निर्मलाको हत्यारा पत्ता लगाउन धेरै मानिससँग सोधपुछ र अनुसन्धान गरिएको बताए । केही अनुसन्धान जटिल भएकाले निचोडमा पुग्न ढिला भएको उनले बताए ।

मन्त्री थापाले अनुसन्धान तथा छानबिन गर्ने विभिन्न तरिका हुने भएकाले हालसम्मको अनुसन्धानले हत्यारा पत्ता नलागेकाले नयाँ ढंगले अनुसन्धान थालिएको बताए ।

मन्त्री थापाले भने, ‘हामीले यसभन्दा अगाडि जुन निकाय (समिति/उपसमिति) लाई अनुसन्धान गर्न दिएका थियौं, त्यो निकायले हत्यारा पत्ता लगाउन नसकेकाले नयाँ ढंगबाट अनुसन्धान थालेका छौं ।’

सीआईबी तथा प्रहरीले अनुसन्धान गरिरहेको र उनीहरूले हत्यारा पत्ता लगाउनेतर्फ विश्वास रहेको मन्त्री थापाले बताए ।

गृहमन्त्री थापाले पूर्व राजदूत केशव झाको हत्या, सांसद निरुदेवी पालमाथि भएको दुर्व्यवहार र संगीन जीसीको हत्या घटनाका अभियुक्त पत्ता लगाउने आश्वासन दिएका छन् ।

२०७५ साउन ११ गते बिहान साढे ९ बजे कञ्चनपुरकी बालिका १३ वर्षीया निर्मला पन्तको शव भेटिएको थियो । साउन १० गते साथी आँचल (रोशनी) बमको घर जान्छु भनेर निस्किएकी निर्मला अर्काे दिन ११ गते उखुबारीमा अर्धनग्न अवस्थामा मृत फेला परेकी थिइन् ।

मुख्य अभियुक्त भन्दै दिलिपसिंह विष्टलाई २०७५ भदौ ४ गते प्रहरीले हत्यारा भएको भन्दै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको थियो तर डीएनए रिपोर्ट नमिलेको भन्दै विष्टलाई भदौ २६ गते साधारण तारेखमा छोडेको थियो । घटना अनुसन्धानमा लापरवाही गरेको भन्दै निलम्बित सीआईबीका डीएसपी अंगुर जिसीले विष्ट नै अभियुक्त भएको भन्दै जिकिर गर्दै आएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x