×

NMB BANK
NIC ASIA

सुर्खेत । कर्णाली प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले हेलो किसान सरकार टोल फ्री नम्बर सञ्चालनमा ल्याएको साउन ६ गते ६ महिना पुग्दैछ । 
आधा वर्षको अवधिमा जम्मा ४ ओटा मात्रै गुनासा आएका छन् । सरकार सञ्चालन भएको एक बर्षको अवसरमा तामझामका साथ २०७५ फागुन ६ गते मन्त्री विमला केसीले दैलेख डुङ्गेश्वर गाउँपालिका वडा नम्वर २ का पूर्वबहादुर थापा र सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका मुरारी जंङ किसानका समस्याहरु लिएर उक्त सेवा सञ्चालनमा ल्याएकी थिइन् । 

Muktinath Bank

उनीहरुले मन्त्रीलाई फोन मार्फत आफ्नो समस्याहरु बताएका थिए भने मन्त्री केसीले ती समस्याहरुको समाधान गर्ने आश्वासन दिएकी थिइन् । कार्यक्रम सुरु गरेको ६ महिना पुग्न लाग्दा पनि ६ वटा जति पनि उजुरी नआएको पाइएको छ । कार्यक्रम नै कोमामा गएको अवस्था छ ।
६ महिनामा कति जनाले कस्तो समस्या ल्याए र समाधानको अवस्था के छ भन्ने बारे मन्त्रालयका कर्मचारी बताउनै सक्दैनन् । सानो कोठा अनि  थोत्रो कम्प्युटर र एक थान टेलिफोन राखेर सञ्चालनमा ल्याइएको उक्त कार्यक्रम अहिले वेवारिशे अवस्थामा पुगेको छ । यसतर्फ मन्त्रालयका कर्मचारीको ध्यान पुग्न सकेको छैन ।
उक्त कार्यकक्षमा अहिले सुब्बा पदमा एक कर्मचारी बस्छिन् । उनलाई हेलो किसान सरकार कार्यक्रमका बारेमा केहि पनि जानकारी नै छैन । उनको काम दर्ता र चलानी गर्ने मात्रै हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पशुपंक्षी विकास शाखाका पशु चिकित्सक दीपक भण्डारीले अहिलेसम्म भेटेनरी सेवाबारे दुई वटा प्राविधिक समस्या मात्रै आएको बताउँदै आफूहरुले सल्लाह दिइ समाधान गरेको बताए । ‘सल्यान देखि कुखुरामा रोग लागेको र राहत विनियोजन नभएको गुनासो आएको थियो’ उनले भने, ‘मन्त्रालयमा राहतको कार्यक्रम नभएको तथा कुखुरामा लागेको रोगको निदानबारे सल्लाह दिएका थियौं । यो बाहेक अन्य गुनासा तथा उजुरी आएको मलाई याद छैन ।’


Advertisment
Nabil box
Kumari

उसो त कर्णाली प्रदेश सरकारको हेलो मुख्यमन्त्री कार्यक्रम पनि कोमामा पुगिसकेको छ । गुनासाहरु आउन छोडेका छन् । सुरु सुरुमा सरकारलाई गुनासा आएपछि प्रदेश सरकारले समाधान गर्न नसकेका कारण अहिले त्यहाँ गुनासा आउनै छोडेका हुन् ।
किसानका समस्या समाधान गर्ने र उनीहरुको राय सुझाव अनुरुप अघि बढी कृषिमा आत्मनिर्भर प्रदेश बनाउने भन्दै मन्त्रालयले टोल फ्री नम्बर सार्वजनिक गरेको थियो । पैसा नलाग्ने नम्बर १६६०८३५२०१२ सार्वजनिक गर्दै मन्त्री केसीले मन्त्रालयका सबै गुनासा सम्वोधन गर्ने बताएकी थिइन् ।

Vianet communication
Laxmi Bank

तर कर्मचारीको लापवाहीका कारण उक्त कार्यक्रम कोमामै पुगेको छ । ‘टोल फ्रि नम्बरको प्रचार प्रसार गर्ने, विज्ञापन गर्ने काम भएन’ मन्त्रालयका एक कर्मचारीले भने, ‘जसलाई मन्त्रीले जिम्मा दिनुभएको थियो, उहाँले पुरै वेवास्ता गर्नुभो ।’ उनका अनुसार मन्त्रीले बारम्बार निर्देशन आफूहरुकै सामुन्ने दिएको ती कर्मचारीको दाबी छ ।
मन्त्रालयका उपसचिव हरि पण्डितले दशैं भन्दा पहिले नै व्यवस्थित गरिसक्ने दाबी गरे । ‘कर्मचारी नहुँदा हामीलाई समस्या भएको थियो । अहिले नयाँ कर्मचारी आउने र कोही आइसकेका छन्’ उनले भने, ‘हामीले प्रभावकारी रुपमा कार्यक्रम सञ्चालन गर्न नसकेको साँचो हो ।’ अहिले सबैको हातमा मोबाइल हुने र सोझै सूचना अधिकारी, सचिव वा मन्त्रीलाई गुनासा पोख्ने चलन बढेका कारण पनि कम गुनासा आएको हुनसक्ने उनको भनाई छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x