मंसिर २६, २०८०
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
अठाह्र वर्ष अघिको भदौ महिना । संयुक्त राष्ट्रसंघको मुख्यालय रहेको अमेरिकी शहर न्यूयोर्कमा रहेका ‘ट्वीन टावर’ भनिने अग्ला भवनमा अपहरणकर्ताहरूले हवाईजहाज लगेर ठोक्काउँदा विमान र भवन दुबैतिर जनधनको ठूलो क्षति भयो । राजधानी वाशिङ्टन डिसी र पेन्सिलभेनिया राज्यका केही इलाका पनि प्रत्यक्ष मारमा परे । आँकडा अनुसार, झण्डै तीन हजार मानिसको ज्यान गयो; करिव छ हजार घाइते भए । अनाहक ९० देशका मानिस मारिए जसमा अमेरिकीहरूको संख्या स्वभावत: बढी थियो । आगो निभाउने काममा खटिएका अग्निनियन्त्रकहरूको मृत्यु अर्को हृदयविदारक दृश्य हुन गयो । सीएन्एन् समेतका टेलिभिजन सञ्जालले ट्वीन टावरउपरको विध्वंसात्मक हमलालाई प्रत्यक्ष प्रसारण गरेका थिए ।
अल-कायदा नामक उग्रवादी संगठनका आततायी कृयाकलापबाट विश्व नै भयभीत हुन पुगेको थियो । अल-कायदाका आतङ्ककारीहरूको नाइके ओसामा बिन लादेनले यी घटनाहरूको जिम्मा लिएको थियो ।
अमेरिकीहरू भन्छन् : जनधनको अति ठूलो क्षति हुने बाहिरी आक्रमण सन् १९४१ मा पर्ल हार्बरपछि अमेरिकाले सामना गरेको थिएन । त्यसैले यसलाई अभूतपूर्व घटना मानियो । सन् २००१ को सेप्टेम्बर ११ तारिखका ती घटनालाई अमेरिकाले हत्पति बिर्सन सक्दैन । ‘नाइन-इलेभेन‘ भन्नासाथ आम अमेरिकी झस्किन्छन् जुन सर्वथा स्वाभाविक हो ।
नवौं महिनाको ११औं तारिखमा भएकोले ‘नाइन-इलेभेन’ सम्झिन सजिलो प्रसङ्ग बनेको छ । ९/११ को घटनापछि अमेरिकामा सुरक्षा नयाँ-नयाँ कदमहरू चालिए । राष्ट्रपति बुशले कठोर किसिमका ऐन-कानून तर्जुमा गराई लागू गरे । साविकमा रक्षा मन्त्रालय मात्र थियो, तर बुशले आन्तरिक सुरक्षाको लागि बेग्लै ‘होमल्याण्ड सेक्युरिटी’ विभाग खडा गराए । अल-कायदाको आधार इलाका भत्काउन अफगानिस्तानमा सैनिक कारवाहीको सिलसिला शुरु गराइयो जसमा अमेरिकालाई पश्चिमका अन्य सम्बद्ध राष्ट्रहरूले समेत सहयोग गर्दै आएका छन् । अल-कायदाको समर्थन गर्ने उग्रवादी समूह तालिबानलाई छिन्नभन्न पार्ने अभियान कायम छ । यसबीच, सन् २०११ मा राष्ट्रपति बाराक ओबामाको आदेशमा अमेरिकी सैनिकले पाकिस्तानमा लुकेर बसेका बिन लादेनलाई पत्ता लगाएर मारिदिए ।
परिबन्दको परिणाम
परिबन्द र परिस्थितिले ९/११ का घटनाको सन्दर्भमा सैन्यशक्ति सहितको अमेरिका दक्षिण एसियामै आइपुग्यो– सार्कको सदस्य पाकिस्तानको छिमेकी अफगानिस्तानले पनि सन् २००५ मा सार्कको सदस्यता प्राप्त ग-यो । यसमा बुशको अमेरिका र डा. मनमोहन सिंहको भारतको जोडबल परेको थियो । जे होस्, सार्क सचिवालय रहेको देश हुनाले नेपाल यी घटना-विकासबाट अप्रभावित रहन सकेन; सकेको छैन ।
संयोग नै होला, २०५८ सालकै आरम्भमा नेपाल पनि डरलाग्दो घटनाको भुमरीमा परेको थियो । जेठ महिनामा राजदरबारमा भीषण गोलीकाण्ड हुँदा राजा वीरेन्द्र, रानी ऐश्वर्य र युवराज दीपेन्द्र समेत १० जनाको हत्या भयो । हत्याको दोष दीपेन्द्रलाई दिएर औपचारिक छानबीन सकिएको घोषणा गरियो । तर दीपेन्द्र आफैं मारिएको हुनाले असली हत्यारा को थिए/हुन् ? नेपाली, गैर-नेपाली को-को मतियार थिए ? यी मामिलाको टुङ्गो अद्यापि लागेको छैन ।
कर्तव्य ज्यान मुद्दाको एउटै घटनाको समेत कानूनी तहकीकात हुन्छ, तर दरबारमा १० जना मारिँदा पनि कानूनी प्रकृया चल्दैन! गिरिजाको सरकार थियो, तर संसद्को संकटकालीन बैठक डाक्न आवश्यक ठानिएन । अमेरिकाले बिन लादेन पत्ता लगाएर कारवाही गरिछोड्यो तर नेपालमा दरबार काण्डको तथ्यमा पुग्ने प्रयत्न समेत सतही स्तरमा राखियो । तत्कालीन केही प्रेस विवरणमा भारतको गुप्तचर संस्था ‘रअ’ र उस्तै भूमिकाको अमेरिकी संस्था सिआईए चर्चित रहे, तर सन्देहरहीत तवरले यो धारणा स्थापित हुन सकेन । हालै भारतीय लेखक अमर भूषणले ‘इनसाइड नेपाल’ पुस्तकमा राजतन्त्र फालेको ‘रअ’ ले हो भनेर दाबी गरे तापनि २०५८ सालको नारायणहिटी पर्वबारे कुनै उनले जिकीर गरेका छैनन् । ‘रअ’ले त्यसमा एकलौटी दाबी गर्न नमिलेर पो हो कि ?
यहींनेर, गिरिजाका परराष्ट्रमन्त्री चक्रप्रसाद बाँस्तोलाको सार्वजनिक कथन सान्दर्भिक हुन सक्दछ । बाँस्तोलाको भनाइ :“ नेपालमा भारतीय संलग्न नभई केही गर्नै सकिँदैन । र, अमेरिका यति ठूलो विश्वशक्ति छ, उसको जानकारीविना केही हुँदैन । त्यसकारण दुबै संलग्न छन् ।“ गिरिजाको मृत्युको १३औं दिनमा प्रकाशित ‘भव्य’ विशेषाङ्कमध्येको एकमा बाँस्तोलाको संस्मरणमा यी लगायत धेरै कुराहरू छापिएका छन् ।
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...