कामना सेवाको 'ओभरड्राफ्ट कार्ड' सञ्चालनमा

असोज ५, २०७६

काठमाडौं– कामना सेवा विकास बैंक लिमिटेडले 'ओभरड्राफ्ट कार्ड' सेवा सञ्चालनमा ल्याएको छ ।

गत विहिवारदेखि बैंकले सो सेवा शुरू गरेको हो । 


ADVERTISEMENT

बैंकका संचालक  विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा उक्त सेवाको शुभारम्भ रहेका थिए । 

अब कामना बैंकका ग्राहकहरुले ओडी कार्ड प्रयोग गरि उपलब्ध सीमासम्मको रकम झिक्न सक्नुका साथै सामान खरिद गर्दा पनि कार्ड प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।  

यस बैंकको हालसम्म मुलुकभर ९९ वटा शाखा सञ्चालनमा रहेका छन् । त्यस्तै ४५ वटा एटीएममार्फत सेवा दिइरहेको बैंकले जनाएको छ । 
 

असोज ५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस