×

NMB BANK
NIC ASIA

सिरियाबाट करिब एक हजार अमेरिकी सैनिक फिर्ता गर्न ट्रम्पको निर्देशन

असोज २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरी सिरियामा तैनाद करिब एक हजार सैनिकलाई फिर्ता गर्न अमेरिकी रक्षा मन्त्रालयलाई निर्देशन दिएका छन्।

Muktinath Bank

टर्कीको आक्रमणका कारण उत्तरी सिरियाबाट एक लाख ३० हजार कुर्द नागरिक विस्थापित भएको समाचार आइरहेका समय अमेरिकाको भनाई बाहिरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतबार अमेरिकी रक्षा मन्त्री मार्क एस्परले भने, “राष्ट्रपति ट्रम्पले सिरियाबाट सेना फिर्ता गर्नका लागि निर्देशन दिनुभएको छ ।” करिब एक हजार अमेरिकी सैनिकलाई सिरियाबाट फिर्ता बोलाउन लागिएको उनले बताए ।


Advertisment
Nabil box
Kumari

रक्षा मन्त्री एस्परले सीबीएसको फेस द नेसनसँगको कुराकानीमा भने, “अमेरिकी राष्ट्रिय सुरक्षा टोलीसँगको छलफलपछि मैले राष्ट्रपतिसँग शनिबार राति कुराकानी गरेँ । उहाँले विचारपूर्वक अमेरिकी सैनिकलाई उत्तरी सिरियाबाट फिर्ता बोलाउन निर्देशन दिनुभएको छ ।” 

Vianet communication
Laxmi Bank

सिरियाबाट एक हजारको हाराहारीमा सैनिक फिर्ता गरिन लागेको उनले फक्स न्यूजसँगको कुराकानीमा पनि बताए ।

मैले समयसीमा दिन सक्दिन किनकि यो समयसँगै परिवर्तन पनि हुनसक्छ । हामीले यो पक्का गर्ने छौँ कि सैनिक टुकडीको फिर्ता सुरक्षित र सावधानीपूर्वक गरिने छ ।

सिरियाको उत्तरी क्षेत्रमा अमेरिकी सहयोगमा कुर्दहरूले टर्कीका साथै सिरियाली सरकारसँग प्रतिरोध गर्दै आएका थिए । सिरियाली कुर्दहरूलाई ‘आतङ्कवादी’ बताउने टर्कीले गत बुधबारदेखि हवाई आक्रमण चलाएको छ । सिरियाबाट अमेरिकी सैनिक फिर्ता गर्ने ट्रम्पको निर्णयप्रति आलोचना गर्नेहरूले अमेरिकाले आफ्ना इमान्दार सहयोगीलाई त्याग्नु गलत भएको बताएका छन् । सिरियाली कुर्दहरूले पनि अमेरिकाले सहयोग नगरेर आफूहरूलाई बीचमा धोका दिन लागेको बताएका रिपोर्टहरू सञ्चारमाध्यमहरूमा आएका छन् ।

यसैबीच संयुक्त राष्ट्रसंघ मानवीय सहयोगमामिला निकाय ओसीएचएले भनेको छ, “टर्कीले पछिल्ला केही दिन यता गरेको हवाई आक्रमणका कारण त्रसित एक लाख ३० हजार सिरियाली कुर्दहरू जीवन जोगाउन कै लागि आफ्नो गाउँ र समुदायलाई छोडेर भागेका छन् ।” 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x