कात्तिक २०, २०८०
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
असोज २७, २०७६
बुटवल - बुटवलसँग मैत्री सम्बन्ध कायम भएको मित्रराष्ट्र चिनको प्रमुख सहर सिआन सिटीका विशेष अधिकारीहरूको टोलीले बुटवलको अवलोकन भ्रमण गर्दै सहकार्यलाई उन्नत स्तरमा पुर्याउने प्रतिबद्धता जनाएको छ ।
सिआन नगर सरकारका विदेश विभाग प्रमुख छ्याङ सङको नेतृत्वका त्यहाँको रेलवे विश्वविद्यालय, सिआन विश्वविद्यालय, नगरको जनसरकार, संस्कृति तथा पर्यटकीय सरकारी कम्पनीका अधिकारीहरूको विशेष टोली बुटवलमा आएको हो ।
रेल, संस्कृति एवम् पर्यटनका बारेमा जानकार विशेषज्ञ तथा इन्जिनियरहरूसहितको छ जनाको विशेष टोलीलाई सोमबार बुटवल उपमहानगरपालिकाले स्वागत गरेको थियो । टोलीलाई उपमहानगरपालिकामा स्वागत गर्दै प्रमुख शिवराज सुवेदीले बुटवलको समग्र विकासका लागि आफुहरूले आवधिक र दीर्घकालीन महत्वका योजनाहरू बनाएको उल्लेख गरे ।
उनले चिनियाँ राष्ट्रपति सी को गृहनगरसँग बुटवलको भगिनी सम्बन्ध कायम गर्न पाउँदा समस्त बुटवलबासी नै उत्साहित भएको भन्दै सम्बन्धलाई समृद्धिको सारथीको रुपमा लिइने र बुटवल–सिआनको सांस्कृतिक आदान-प्रदान हुने बताए ।
सिआन नगर सरकारका मुख्य नेता तथा विदेश विभाग प्रमुख छ्याङ सङको नेतृत्वमा बुटवल भ्रमणमा आएको चिनियाँ उक्त टोलीमा सिआन विश्वविद्यालयका उपकुलपति थाओ होङ, सिआन नगर सरकारका नगर पार्टी कोअर्डिनेशन कमिटी अध्यक्ष टाइपाईफे, सिआन जनसरकारका विदेश विभागका आधिकारिक अनुवादक लुछ्यान तथा सिआनस्थित संस्कृति तथा पर्यकीय सरकारी कम्पनीका व्यवस्थापक तथा इन्जिनियर चाङ्गपो र सिआन रेलवे विश्वविद्यालयका उपकुलपति आङसेऊ सहभागी थिए ।
बुटवल भ्रमणमा आएको यो टोलीलाई बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्मा, नेपाल-चीन सम्बन्धका जानकार तथा विज्ञ डाक्टर सागर न्यौपाने र मोहनलाल भण्डारीले सहजिकरण गर्दै लुम्बिनी, बुद्धबली र बुटवलको सम्बन्ध तथा यहाँको पर्यटकीय विकासका सम्भावनाका बारेमा तयार बुटवलका तर्फबाट जानकारी गराएका थिए ।
ऐतिहासिक बुटवल नगरी र मित्रराष्ट्र चिनको ऐतिहासिक सहर सिआन नगरीका बीचमा आइतबार भगिनी सम्बन्ध स्थापना भएको थियो । यो सम्बन्ध बुटवलको विकास र समृद्धिका लागि महत्वपूर्ण खुड्किलो हुने विश्वास गरिएको छ । चिनको ऐतिहासिक नगरी सिआन सिटी त्यहाँका राष्ट्रपति सी को गृहनगर हो । मित्रराष्ट्र चीनका महामहिम राष्ट्रपति सि जिंगपिंगको नेपाल भ्रमणकै अवसरमा बुटवलका लागि यो ऐतिहासिक अवसर जुटेको थियो ।
चिनका राष्ट्रपति सी र नेपालका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको बिशेष समुपस्थितिमा बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी र नेपालका लागि चिनीया राजदुत होउ याङ् छीले गत आइतबार भव्य समारोहमा उक्त ऐतिहासिक सम्बन्ध स्थापनाको सम्झौतामा हस्ताक्षर गरे ।
समझदारीपत्र हस्ताक्षर भएको भोलिपल्टै सियान सहरका विशेष अधिकारीहरू बुटवलको अवलोकन भ्रमणमा आएका हुन् । उनीहरूले बुटवलको जितगढी सम्पदा स्थल, हिलपार्कको अवलोकन गरेका थिए । हिलपार्कमा बुटवलले बुद्धपार्क बनाउने तयारी गरिरहेको छ । बुद्धपार्कको अवधारणाका बारेमा बुटवलले उक्त टोलीलाई वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठलगायतका प्राविधिकहरूले चिनियाँ टोलीलाई प्रारम्भिक खाका समेत प्रस्तुत गरेका थिए ।
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...