×

NMB BANK
NIC ASIA

एमसीसी मात्रै होइन, सम्झौता त अरू पनि रैछन् - भीम रावल

फागुन ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अध्ययन कार्यदलका सदस्य भीम रावलले एमसीसी मात्र नभएर दर्जन अरू सम्झौता रहेको खुलासा गरेका छन् ।

Muktinath Bank

आइतवार कार्यदलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै रावलले अन्य सम्झौताको पनि अध्ययन हुँदै गरेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'संसदमा प्रतुत भएको त एउटा मात्र रैछ, अरू त एक दर्जन सम्झौता भइसकेको रहेछ,' रावलले भने, 'हामीले सबै सम्झौताको अधययन गरिरहेका छौं । प्रतिवेदनमा सबै समेटेर सार्वजनिक गर्छौं ।'


Advertisment
Nabil box
Kumari

नेता रावलले अध्ययन कार्यदलले निष्कर्ष नदिने बेलासम्म कोही कसैले यसबारेमा बोल्न उपयुक्त नहुने बताए ।

Vianet communication
Laxmi Bank

कार्यदलले काम गरिरहेकै बेला नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी जसरी पनि पारित हुने वक्तव्य बारम्बार दिने गरेका छन् ।

रावलले प्रधानमन्त्री ओलीले बारम्बार एमसीसीका बारेमा गरेका टिप्पणी केन्द्रीय कमिटीको निर्णय विरुद्ध रहेको आरोप लगाए ।  

'कार्यादेश भन्दा फरक किसिमले अभिव्यक्ति दियो भने केन्द्रीय कमिटीलाई सम्मान गरेको हुँदैन,' रावलले भने, 'कार्यदलले अध्ययन पूरा नगरीकन निष्कर्ष सुनाउने अधिकार केन्द्रीय कमिटीले कसैलाई दिएको छैन ।'

कार्यदलको विपक्षमा कसैले बोलेदेखि त्यो केन्द्रीय कमिटीको निर्णय विपरित हुने उनले बताए ।

गत माघ १९ गते सम्पन्न भएको नेकपा केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको थियो ।

कार्यदलमा रावल र परराष्ट्रमन्त्रीसमेत रहेका प्रदीप ज्ञवाली सदस्य छन् ।

कार्यदललाई एमसीसी अध्ययन गरेर सुझाव प्रतिवेदन तयार गर्न १० दिनको म्याद दिइएको थियो । १० दिनभित्र कार्यदलले प्रतिवेदन तयार गर्न नसकेपछि पहिलोपटक फागुन १ गते १० दिनको म्याद थपिएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x