×

NMB BANK
NIC ASIA

अदालतमा महराको साढे ३ घण्टा : अन्तिम समयमा देखिएको त्यो बेचैनी र छटपटाहट !

फागुन ५, २०७६

NTC
फाइल फोटो
Premier Steels

पूर्व सभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतमा हिजो (आइतवार) नै सुनुवाइ सम्पन्न भयो ।

Muktinath Bank

अन्तिम सुनुवाइका लागि अदालतमा पुगेका महरा हिजै आदेश आउने आशामा थिए । आशावादी हुँदै पर्खिएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसबीचमा आफ्ना वकिल र पत्रकारसँग केहीबेर गफिए पनि । त्यसक्रममा ठट्टा गर्दै उनले डिल्लीबजार कारागारलाई आफ्नो ३ महिने घर समेत भनेका थिए ।


Advertisment
Nabil box
Kumari

आइतवार फैसला आएन । अदालतले मुद्दालाई हेर्दाहेर्दैको स्थितिमा राखेपछि महरा निराश भएर फर्किए ।

Vianet communication

सफाइ पाउने आशामा बसिरहेका महराको त्यतिबेला हाउभाउ नै फेरिएको थियो ।

फेरि सोमबार बिहान करीब ११ बजे नै उनलाई अदालत पुर्‍याइयो । फैसला आउन ढिला भएपछि उनी इजलाशबाहिर यताउता गरिरहे । 

१२ बजेदेखि २ बजेसम्म उनले समसामयिक विषयमा कुराकानी गरिरहेका थिए । कुराकानीको विषय थियो, एमसीसी ।

साढे २ बजेको समयमा महरामा बेचैनी देखियो । उनी १५ मिनेटको फरकमा २ पटक शौचालय गए ।

२ बजेर ३४ मिनेटको समयमा महरालाई अदालतको इजलासबाट भित्र बोलाइयो, फैसला सुन्न । 

अन्ततः उनले सफाइ पाए । अभियोगका लागि दाबी नपुगेको भन्दै काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई निर्दोष ठहर गरेको हो ।

फैसला सुन्न महरासँगै भित्र गएका उनका वकिल मुरारी सापकोटा हर्षित मुद्रामा बाहिरिए । तर, महराको हाउभाउ पुरानै थियो । पहिलाजस्तै संयमित ।

इजलाशबाट बारिह निस्किएपछि उनले सहयोगीको फोनबाट संक्षिप्त कुरा गरे । ‘परिवारका सदस्य कसैसँग होला’ एक सहयोगीले भने । 

इजलाशबाहिर पत्रकारसँग केही नबोलेका महराले तल गएर प्रक्रिया दिने बताए । तर, तल आएपछि प्रहरीले उनलाई भ्यानमा हालेर सिधै डिल्लीबजार लग्यो । उनका सहयोगीले डिल्लीबजारमै पुगेर प्रतिक्रिया दिने बताए ।

महराको स्वागतका लागि नेकपा केन्द्रीय सदस्य हिमाल शर्मा लगायतका नेता/कार्यकर्ता अदालत पुगेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x