हलिउडका प्रख्यात निर्देशक स्पीलबर्गकी छोरी बनिन् पोर्नस्टार

११ वटा अस्कर पुरस्कार जितिसकेका प्रख्यात हलिउड निर्देशक स्टिभन स्पीलबर्गकी छोरी मिकाएलाले पोर्नस्टार बन्ने निर्णय लिएकी छन् । 

आफूले एकल एडल्ट भिडियो बनाउन थालेको उनले एक अन्तर्वार्तामा खुलासा गरिन् । यस काममा आमाबुवा दुवैले आफूलाई समर्थन गरेको उनको भनाइ छ । 


Advertisement

स्पीलबर्ग र उनकी पत्नी केटले सन् १९९६ मा मिकाएलालाई धर्मपुत्री बनाएका थिए । मिकाएला स्पीलबर्ग दम्पतीका सात सन्तानमध्ये एक हुन् । 

द सन पत्रिकालाई दिएको अन्तर्वार्तामा मिकाएलाले भनिन्, ‘मेरो रुचि पहिलेदेखि नै सेक्समा थियो । मानिसहरू सेक्सका विषयमा सहज हुन नसकेको विषयमा मलाई पहिलेदेखि नै अप्ठ्यारो लाग्थ्यो । अब मसँग पैसाको कमी हुँदैन जस्तो लाग्छ ।’


Advertisement

मिकाएलाले भनिन्, ‘पैसा कमाउन नसकेपछि मैले पोर्न भिडियो बनाउन थालेको हो । मानिसहरूलाई मलाई आफैंमाथि घृणा गर्न भन्थे र उनीहरूको कुरा सुन्दासुन्दा म थाकिसकेकी थिएँ । मैले आफूलाई सन्तुष्टि दिने काम नगरेर पनि थाकिरहेकी थिएँ । अहिले आफूलाई अनि अरूलाई सन्तुष्टि दिने काम गरेर मलाई राम्रो लागिरहेको छ र मैले केही कुरा पनि उल्लंघन गरेको जस्तो लाग्दैन ।’

मिकाएलाले पोर्न फिल्ममा खेलेपनि आफ्ना प्रेमी चक प्यांकोसँगको सम्बन्धमा सम्मान कायम राख्न सक्ने आशा गरेको बताइन् ।
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्