×

NMB BANK
NIC ASIA

व्यास नगरपालिकामा प्लास्टिक झोला प्रतिबन्ध

फागुन १०, २०७६

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

तनहुँको व्यास नगरपालिकाले नगर क्षेत्रभित्र प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

Muktinath Bank

नगरपालिकाले फागुन १ गतेदेखि सबै वडामा प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध लगाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नगरपालिकालाई वातावरणमैत्री बनाउने उद्देश्यले प्लास्टिकको झोलाको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय भएको नगर प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

नगरपालिकाले ७ वर्षअगाडि कालो प्लास्टिकमुक्त नगर घोषणा गरिसकेको छ । कम्पनीबाट नै सामान प्याकिङ भएर आउने प्लास्टिकलाई तत्काल प्रतिबन्ध लगाउन सक्ने अवस्था नभएपनि बजार क्षेत्रमा खरिद गर्ने सामान राख्न प्लास्टिकको झोलालाई प्रतिबन्ध लगाउने गरी नगरपालिकाले गत वर्षको परिषद्बाट नै निर्णय गरेको र सोही निर्णयलाई कार्यान्वयनमा ल्याइएको नगरपालिकाका सरसफाइ उपशाखाका प्रमुख भाग्यशाली ढुंगानाले जानकारी दिए ।

Vianet communication
Laxmi Bank

प्लास्टिक झोला निषेधको पूर्वतयारीअन्तर्गत गत मङ्सिरमा नगरपालिकाका १४ वटै वडाका २८ जनालाई कागज र कपडाको झोला बनाउने तालीम प्रदान गरिएको थियो । तालिमका सहभागीले कागज र कपडाको झोला बनाएर बिक्रीका लागि राखिसकेका हुँदा तत्काल प्लास्टिकको झोलाको विकल्प तयार भएको ढुंगानाले बताए ।

विशेषगरी मासु र तरकारी खरिदका क्रममा प्लास्टिकको झोला बढी प्रयोग हुने हुँदा सम्बन्धित व्यवसायीलाई पनि त्यसको विकल्प खोज्न आग्रह गरिएको छ । 

मासु खरिदमा ३ वटासम्म प्लास्टिकका झोला प्रयोग भएको अनुगमनमा देखिएकाले अब मासु खरिदमा कागजको झोला प्रयोग गर्न व्यवसायीलाई नगरपालिकाले जनाएको छ । मासु व्यवसायी समितिका सचिव गणेश बास्तोलाले प्लास्टिकको झोलालाई प्रतिबन्ध लगाउँदा उपभोक्तालाई थप भार पर्ने बताए ।

व्यवसायीले नै कागज वा कपडाको झोलामा मासु वा तरकारी दिन नसकिने हुँदा त्यस्तो झोला सम्बन्धित उपभोक्ताले नै ल्याउनुपर्ने उनको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x