भूकम्पपीडितसँग घुस माग्ने सवइन्जिनियर पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूकम्पपछिको पुनःनिर्माणका क्रममा सेवाग्राहीसँग घुस माग गरेको अभियोगमा सवइञ्जिनीयर नवलेशकुमार रौनियारलाई पक्राउ गरेको छ। 

कास्कीको मादी गाउँपलिका–९ का सेवाग्राहीसँग जिल्ला आयोजना कार्यान्वयन एकाइ कास्कीबाट खटिएका सवइञ्जिनीयर रौनियारलाई ४० हजार ५ सय घुस रकमसहित पक्राउ गरेको हो।


Advertisement

आयोजना कार्यान्वयन इकाइ कास्कीबाट प्राप्त भएको पत्रका आधारमा आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले रौनियारलाई पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्