×

NIC ASIA

आफ्नो जग्गा मिचेर बनाइएको सडकमा पर्खाल लगाएपछि पीडितले सैनामैनाको मुर्गिया-सिसौडाडा सडक अवरुद्ध गरेका छन्।

Muktinath Bank

अरुले सार्वजनिक जग्गा मिचेर घर बनाउँदा आफ्नो जग्गामा मात्रै सडक बनेको भन्दै सैनामैना ४ सिसौडाडाका कृष्णबहादुर थापाले सडकमै पर्खाल लगाइदिएका हुन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पीडित भएको भन्दै उनले तुल्सीपुर उच्च अदालत बुटवलमा मुद्दा दायर गरेका थिए। अदालतले सैनामैना नगरपालिकासहितलाई निजी जग्गामा सडक विस्तार नगर्न आदेश दिएको छ। अदालतको आदेश नगरपालिकाले कार्यान्वयन नगरेको र आफू पीडित भएको भन्दै उनले दवाव दिन सडकमै पर्खाल लगाएका हुन्।


Advertisment
Nabil box
Kumari

सिसौडाडाका ५ घरले करिव तीन कठ्ठा जमिन मिचेका छन्। तर नगरपालिकाले मिचेको जमिनका संरचना नहटाई निजी जमिनमै सडक विस्तारको काम गरिरहेको छ।  

Vianet communication

सैनामैना नगरपालिका ४ सिसौडाडामा रहेको सार्वजनिक बाटो कित्ता नं २३२ को करिव तीन कठ्ठा जमिन अक्रिमणमा परेको हो। हाल कित्ता नं. २३२ को सार्वजनिक बाटोमा कित्ता नं १७७०, ५१५, १३६९, १३७०, १०६७ र ७४० का जग्गाधनिहरु तुलसा बस्याल, डीलबहादुर खत्री, लालबहादुर रावल, पदमलाल श्रेष्ठ लगायतले भौतिक संरचना निर्माण गरेका हुन। सडक मिचेका उनीहरुले जानकारी नपाएर यस्तो भएको जनाएका छन्।

जबकि नापीको फिल्डबुकमा स्पष्ट रुपमा नै सडक देखाइएको छ। 

उनीहरुले सडक मिच्दा थापाको २७ धुर जग्गा सडकमा परेकाे छ। उनले आफ्नो जग्गा दिएर सडक विस्तार गर्न नसक्ने बताए। ‘आफ्नो जमिननै सकेर सडक बनाउने कुरा भएन, सडक सडककै जग्गामा बनाइयोस भन्ने मेरो माग हो,’ उनले भने।

सडकको जग्गा मिचिएको प्रतिवेदन नापी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत दिइसकेको छ। सैनामैना नगरपालिकाले भने सडक मिच्नेलाई नै पश्रय दिँदै पीडित थापालाई क्षतिपूर्ति भन्दै धुरको एक लाख दिने सहमति गराएको थियो । तर त्यही सहमति समेत कार्यान्वयन नभएपछि उनले सडकमै पर्खा लगाएका हुन्।

सैनामैना वडा नम्बर ४ का वडाध्यक्ष धनवहादुर कार्की पुरानो बाटो नक्साभन्दा पश्चिम सरेकाले समस्या भएको बताए। ‘विवाद मिलाउने गरी दुई पक्षीय सहमति गरिएको हो, तर अहिले फेरि बाटो नै बन्द भएको छ,' उनले भने। उनका अनुसार पीडित थापालाई जग्गा मिचिए बमोजिम २७ धुरको २७ लाख रुपैया दिने सहमति भएको थियो।  पर्खाल निर्माणपछि सडक पूर्ण रुपमा बन्द भएको छ। 

फिल्ड नक्सा अनुसार सडक कायम गर्दा आधा दर्जन घर भत्काउनुपर्छ। जनप्रतिनिधिले राजनीतिक प्रभावमा सडक मिच्ने घर भत्काउन आनाकानी गरेका छन्।

घर नभत्काए थापा सहितका केही व्यक्तिको निजी जग्गामा नै ३० फुटे सडक हुनेछ। त्यसो हुदा उनीहरु घरबारबिहिन हुनेछन्। 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x