प्रधानमन्त्री केपी शर्मा ओलीको देशवासीका नाममा सम्बोधन शुरू भएको छ ।
कोरोना भाइरसले विश्वव्यापी महामारी सिर्जना गरेको र नेपालमा समेत त्रास फैलिरहेका बेला प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन शुरू गरेका हुन् ।
प्रधानमन्त्रीको सम्बोधन सरकारी स्वामित्वका सञ्चार माध्यमहरू नेपाल टेलिभिजन र रेडियो नेपालमार्फत लाइभ भइरहेको छ ।
कोरोना भाइरसका कारण विश्वभरमा गरी १० हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
कोरोना नेपाल भित्रिन नदिन सरकारले नेपालमा समेत विभिन्न औपचारिक गतिविधिमा रोक लगाएको छ ।
हेर्नुहोस्, प्रधानमन्त्रीको सम्बोधन लाइभ :
लोकान्तर संवाददाता