×

NMB BANK
NIC ASIA

बुटवल अपडेट : डाक्टर भन्छन्– युएईबाट आउँदा नै ज्वरो, कुनै दीर्घरोग थिएन !

चैत १६, २०७६

NTC
Premier Steels

रूपन्देहीको बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक बिरामीको आइतवार मृत्यु भएको छ ।

Muktinath Bank

रूपन्देहीको सैनामैना– ४ का ३४ वर्षीय पुरुषको मृत्यु भएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी चैत १३ गते अस्पतालमा भर्ना भएका थिए । 


Advertisment
Nabil box
Kumari

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी भीमलाल भट्टराईले उपचारका क्रममा बिरामीको मृत्यु भएको पुष्टि गरे । उनको स्वाब परीक्षणका लागि आइतवार नमूना समेत लिइएको थियो ।

Vianet communication

कोरोनाको परीक्षण नहुँदै उनको मृत्यु भएको छ । उनी चैत ६ गते युएईबाट नेपाल फर्किएका थिए । 

कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले आइतबार उनलाई एक्कासि सास फेर्न गाह्रो भएपछि मृत्यु भएको जानकारी दिए ।

युएईबाट आउँदा नै उनलाई सामान्य ज्वरो आएको थियो । ६ गते घरमा आएका उनले ७ गते गाउँकै मेडिकलमा ज्वरोको औषधि खाएका थिए ।

ज्वरो निको नभएपछि उनी १३ गते लुम्बिनी प्रादेशिक अस्पतालमा पुगेका थिए । त्यसपछि अस्पतालमै भर्ना गरेर उनको उपचार हुँदै आएको थियो ।

मृत्यु भएका बिरामीमा कुनै दीर्घ रोग नभएको डा. थापाले बताए । 

उनले लोकान्तरसँग भने, ‘मृत्यु हुने बिरामीमा कुनै दीर्घ रोग थिएन । आज श्वास फेर्न गाह्रो भयो भन्दै हुनुहुन्थ्यो, मृत्यु भयो । मृतकको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको छ । सम्भवतः भोलिसम्म आउला ।’

५० बेडको कोरोना विशेष अस्पतालमा अन्य बिरामीहरू पनि आइसोलेसनमा उपचाररत छन् ।

कोरोनाको आशंकामा उपचारत बिरामीको मृत्यु भएपछि बुटवलमा त्रास बढेको छ ।

सम्बन्धित समाचार :
कोरोनाको आशंकामा बुटवलमा उपचाररत एक व्यक्तिको मृत्यु, १० दिनअघि आएका थिए युएईबाट

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x