नेपालमा ९ सय ९३ जनामा कोरोना परीक्षण, ९ सय ८८ जनाको रिपोर्ट नेगेटिभ

विश्वव्यापी महामारीको रूप धारण गरेको कोरोनाभाइरस (कोभिड १९) को आशंकामा नेपालमा ९ सय ९३ जनाको परीक्षण गरीएको छ, त्यसमध्ये ५ जनामा पोजेटिभ रिपोर्ट देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मंगलवारसम्म गरिएका परीक्षणमा ९ सय ८८ जनामा संक्रमण नदेखिएको मन्त्रालयले जनाएको छ । 


Advertisement

पाँच जनामा पोजेटिभ रिपोर्ट देखिएकामध्ये एक जनालाई निको भइसकेको छ भने ४ जनालाई आइसोलेसनमा राखिएको मन्त्रालयले वेबसाइटमा राखेको विवरणमा उल्लेख छ ।

सरकारले कोरोना संक्रमितको आशंका लागेका बिरामीको स्वास्थ्य परीक्षणको दायरा फराकिलो बनाएको जनाएको छ । 


Advertisement

गत डिसेम्बरको अन्तिममा चीनको वुहानबाट शरू भएको कोरोनाका कारण मंगलवारसम्ममा विश्वभर ३७ हजार ८ सय २० जनाको मृत्यु भइसकेको छ । ७ लाख ८५ हजार ८ सय ८ जनामा संक्रमण देखिएको छ भने १ लाख ६५ हजार ६ सय ५९ जनालाई निको भएको छ । 

अमेरिकामा सबैभन्दा धेरै १ लाख ६४ हजार २ सय ५३ जनामा संक्रमण देखिएको छ भने ३ हजार १ सय ६७ जनाको मृत्यु भएको छ । अमेरिकापछि दोस्रोमा इटाली, तेस्रोमा स्पेनमा संक्रममित देखिएका छन् ।
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्