कोरोनाको जोखिमविरुद्ध लड्न माछापुच्छ्रे बैंकद्वारा १ करोड ६ लाख सहयोग

माछापुच्छ्रे बैंक लि.ले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न रु.१ करोड ६ लाख बराबरको सहयोगको घोषणा गरेको छ ।

बैंकले कोरोना रोकथाम तथा उपचार र आवश्यक तयारीका लागि संघीय सरकारले खोलेको कोषमा ५१ लाख उपलब्ध गराउने घोषणा गरेको छ भने सातवटै प्रदेश सरकारलाई ५/५ लाखका दरले कुल ३५ लाख रकम सहयोग हस्तान्तरण गरिसकेको छ । 


Advertisement

मिति २०७६/१२/२० विहिबार सातवटै प्रदेश सरकारका मुख्यमन्त्रीहरूलाई ५/५ लाखका दरले कुल ३५ लाखको चेक हस्तान्तरण गरिएको हो । 

यसअघि बैंकले आमनागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै काठमाडौं महानगरीय प्रहरी कार्यालयको समन्वयमा काठमाडौं र भक्तपुरका अत्यन्त भीडभाड हुने प्रमुख १६ स्थानमा पानी ट्यांकीसहित हातधुने ठाउँको व्यवस्था गरेको थियो । साथै, स्थानीय निकायको समन्वयमा बैंकले दैनिक ज्याला मजदुरी गरेर छाक टार्दै आएका अतिविपन्न परिवारलाई खाद्यान्न उपलब्ध गराएको छ ।


Advertisement

ती कार्यमा २० लाख खर्च भएको बैंकले जनाएको छ ।

बैंकले कोरोनाविरुद्ध देशभरका अभियानलाई सघाउन संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै रु.१ करोड ६ लाख सहयोग गरेको जनाएको छ । 

बैंकिङ क्षेत्र अत्यावश्यक क्षेत्र अन्तर्गत पर्ने भएको हुँनाले माछापुच्छ्रे बैंकले लक-डाउनको समयमा हरेक दिन देशका विभिन्न स्थानमा शाखा कार्यालय खोल्दै आएको छ ।

साथै बैंकले भाइरसको संक्रमण जोखिम न्यूनिकरणका लागि अत्यावश्यक बाहेकका अन्य कामका लागि सकेसम्म बाहिर ननिस्किन आग्रह गर्दै बैंकिङ कारोबारका लागि बैंकले प्रदान गर्दै आइरहेका विभिन्न डिजिटल भुक्तानिका माध्यमहरूको उपयोग गर्न सबैमा आग्रह गरेको छ ।

साथै बैंकले प्रदान गर्दै आइरहेका डिजिटल भुक्तानीका माध्यमहरूबाट कारोबार गर्दा कुनै पनि शुल्क नलाग्ने हुदाँ नगद कारोबारलाई कम गरिदिन पनि बैंकले अपिल गरेको छ ।

हेर्नुहोस्, सहयोग हस्तान्तरणका केही तस्वीर :

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्