×

NIC ASIA

प्रदेश ५ मा अझै सञ्चालनमा आएन प्रयोगशाला, सीमापारिको गाउँमा कोरोना भेटिँदा नेपालतर्फ त्रास

चैत २३, २०७६

Prabhu Bank
NTC
Premier Steels

अन्य प्रदेशमा कोरोना भाइरसको चेकजाँच गर्ने प्रयोगशाला सञ्चालनमा आइसकेका छन्, तर प्रदेश ५ मा भने उपकरण आइपुगेको ४ दिन बित्दापनि प्राविधिक समस्याले कोरोनाको चेकजाँच शुरू हुन सकेको छैन । 

Muktinath Bank

प्रदेश ५ जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्रकुमार गिरीले कोरोना जाँच गर्ने मुख्य उपकरण (बायो सेफ्टी क्याबिनेट) ले एयर सर्कुलेसन गराउन समस्या देखिएकाले जाँच शुरू गर्न ढिलाइ भएको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले लोकान्तरसँग भने, ‘मेसिनमा एयर सर्कुलेसनमा टेक्निकल समस्या आएको छ, त्यसको मर्मतको काम भइरहेको छ, सकेसम्म हामी आजै (आइतबार)देखि जाँच शुरू गर्नेछौं ।’


Advertisment
Nabil box
Kumari

प्रदेश ५ को रूपन्देहीको भैरहवास्थित राष्ट्रिय गहुँबाली परिसरभित्रको बीउबिजन कार्यालयमा प्रयोगशालाको कार्यालय राखिएको छ ।

Vianet communication

यहाँ पहिले क्षेत्रीय प्रयोगशाला थिएन, पूर्वाधारको अभाव थियो । अन्य प्रदेशमा क्षेत्रीय प्रयोगशाला थिए । 

‘कोरोना परीक्षणका लागि पीसीआर मेसिन मात्रै नराखी सँगै बीएसएल टु क्याबिनेट बायो सेफ्टी लेभलको प्रयोगशाला राख्न खोजियो, अब यो प्रयोगशालामा कोरोना भाइरस मात्रै नभएर अरू इन्फुएञ्जा पनि जाँच गर्न सकिन्छ,’ गिरीले भने । 

प्रदेश ५ मा पीसीआर र किटसहितको सामग्री चैत २० गते आएको थियो । अन्य प्रदेशमा २ दिनअगाडि पुगेका थिए । यहाँ पहिले हेलिकप्टरमा सामग्री पठाउने भनियो तर पनि यतैबाट गाडी गएर समान ल्याउँदा ढिलाइ भयो ।

मेसिन जडान लगायतका सबै काम सकिएको छ । प्रदेश ५ मा तीन ठाउँमा प्रयोगशाला सञ्चालनमा ल्याउने भनिएको थियो । बुटवलका अलावा दाङ र नेपालगञ्जमा कोरोना जाँच गर्ने प्रयोगशाला स्थापना गर्ने निर्णय भइसकेको छ ।

प्रयोगशाला सञ्चालनमा आएपछि प्रदेशमा कोरोनाको शंका लागेका बिरामीको स्वाब काठमाडौं पठाउनुपर्ने बाध्यता अन्त्य हुनेछ । 

संघीय सरकारले ७ वटै प्रदेशमा कोरोना जाँच गर्ने १/१ वटा प्रयोगशाला स्थापना गर्ने निर्णय गरेसँग प्रयोगशाला बन्न लागेको हो ।

प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले रूपन्देहीमा बन्ने प्रयोगशाला संघअन्तर्गत तथा दाङ र नेपालगञ्जमा बन्ने प्रयोगशाला प्रदेश सरकारको बजेटमै बन्ने बताए । 

गिरीले कोरोना जाँच गर्ने प्रोट्रेबल पीसीआर मेसिन संघले उपलब्ध गराएको बताए । कोरोना परीक्षण गर्ने रियलटाइम पीसीआर र पोट्रेबल पीसीआर गरी २ किसिमका उपकरण चाहिन्छ । दुवै उपकरण सञ्चालनका लागि बायोसेफ्टी लेबल (प्रयोगशालामा बाहिरी हावा समेत पस्न नसक्ने गरी कार्यरत प्राविधिकको पनि सुरक्षा र त्यहाँ प्रयोग गरिएका नमूनाको पनि हानिकारक तत्वबाट जोखिम नहुने गरी बिसर्जन हुन सक्ने वातावरण) तयार हुनुपर्छ । 

रूपन्देहीको सीमावर्ती भारतीय बजारमा कोरोना संक्रमित भेटिएपछि त्रास 

रुपन्देहीको सीमावर्ती भारतीय गाउँ कोल्हुई र पुरन्दपुरमा कोरोनाका ६ जना बिरामी फेला परेका छन्, जसले गर्दा रूपन्देहीमा कोरोनाको सन्त्रास बढेको छ । जुन ठाउँ रूपन्देहीको दक्षिणी क्षेत्र मर्चवारको प्रमुख बजार हो । जहाँ नेपालीहरू किनमेल गर्न जान्छन् भने, त्यहाँबाट साइकलमा भारतीयहरू तरकारी लगायत अन्य सामग्री बिक्री गर्न नेपाल आउने गर्छन् ।

नेपालको सीमावर्ती गाउँ मर्चवारबाट १० मिनेटको दूरीमा पर्छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता खड्गबहादुर खत्रीले सीमावर्ती बजारमा कोरोना भाइरसका बिरामी भेटिएपछि सीमामा चेकजाँचमा कडाई गरिएको बताए । सीमामा २ सयजना सशस्त्र प्रहरी परिचालन गरिने बताइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x