×

NMB BANK
NIC ASIA

'सर्वसाधारणलाई काठमाडौँबाहिर जान दिने निर्णय भएको छैन, यसअघिका समाचारमा सत्यता छैन' - ईश्वर पोखरेल

यस विषयमा हामीले कुनै आधिकारिक निर्णय गरेका छैनौं, माथिबाट पनि आदेश आएको छैन - गृह सहप्रवक्ता अधिकारी

चैत २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

उपप्रधानमन्त्री तथा कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले शुक्रवार र शनिवार काठमाडौँबाट सर्वसाधारणलाई जान दिने विषयमा कुनै निर्णय नभएको स्पष्ट पारेका छन् ।

Muktinath Bank

बिहीवार दिउँसो अचानक सञ्चारमाध्यमहरूमा सर्वसाधारणलाई काठमाडौँबाहिर जान दिने निर्णय भएको भनी आएको समाचार गलत रहेको पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘भोलि र पर्सि ( २८-२९ चैत्र, २०७६ ) काठमाण्डौं प्रवेश गर्न नपाइने तर काठमाण्डौंबाट बाहिर जान भने खुला गर्ने निर्णय गरिएको भन्ने समाचार सार्वजनिक सञ्चारमाध्यमहरू खासगरी सामाजिक संजालहरूमा आइरहेको सन्दर्भमा नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको गम्भीर ध्यानाकर्षण भएको छ,’ पोखरेलले लेखेका छन्, ‘यस किसिमको कुनै निर्णय नभएको, कोभिड-१९ को संक्रमणबाट राष्ट्रलाई बचाउनुपर्ने आवश्यकतालाई गम्भीरताका साथ महसूस गरी बन्दाबन्दी (लक डाउन)लाई जारी राखिएको छ ।’


Advertisment
Nabil box
Kumari

उनले गम्भीर अवस्थामा यस्तो निर्णय कसरी हुन सक्छ भनेर प्रश्नसमेत गरेका छन् ।

Vianet communication
Laxmi Bank

यसै सन्दर्भमा गृहमन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले लोकान्तरलाई काठमाडौँबाट जान चाहनेहरूलाई जान दिने विषयमा कुनै अधिकारिक निर्णय नभएको बताए । 'हामीले निर्णय पनि गरेका छैनौ र माथिबाट पनि हामीलाई त्यस्तो केही आदेश आएको छैन,' उनले भने । 

यसअघि अधिकांश सञ्चारमाध्यमहरूले काठमाडौँ बाहिर जान चाहनेलाई पठाउने आधिकारिक निर्णय भएको समाचार प्रकाशित गरेका थिए । लोकान्तर डट कमचाहिँ उक्त समाचारको पुष्ट्याईको क्रममा थियो । 

हेर्नुहोस् गृहमन्त्रालयको विज्ञप्ति - 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x