फागुन १, २०८०
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
बीसौं शताब्दी सकिएर विश्व एक्काइसौं शताब्दीमा प्रवेश गर्नै लाग्दा विचारक, चिन्तक, अन्वेषक र आविस्कारकहरू आउने शताब्दी कसरी अघिल्लोभन्दा राम्रो बनाउने भनेर आ–आफ्नै कार्यमा व्यस्त थिए । अघिल्लाभन्दा पछिल्ला दिनहरू उपलब्धिमूलक बनाउन लागिपर्नु मानवीय स्वभाव र विकासको नियम पनि हो ।
तेस्रो औद्योगिक क्रान्तिले सघाइरहेको थियो नयाँ–नयाँ उपलब्धिलाई, शितयुद्धको अन्त भई लोकतान्त्रिक उदारवादले लगभग विश्वलाई राज गरिरहेको थियो । मुलुकहरूबीचको प्रतिस्पर्धा विकास र समृद्धितर्फ थियो, प्रतिस्पर्धा साथसाथै सहकार्यले गरीबी, असमानता, आतंकवाद, महामारी र विपत्तिलाई न्यून गर्ने एजेण्डा थियो । सर्वसाधाण शताब्दीका स्वादहरू कस्ता हुने हुन् भन्नेमा उत्साहसाथ कौतुहल राख्दै थिए । विचारक एवं अनुसन्धानकर्ता उपलब्धि र आविस्कारका अनुमान गरिरहेका थिए । ती अनुमान अस्वाभाविक र असम्भव प्रकृतिका त छँदै थिए, कतिपय त श्वेरकल्पना जस्तै । ती अनुमान अपेक्षा र लालसा थिए । त्यसैले स्वाभाविकभन्दा श्वेरकल्पना नजिक रहनु स्वाभाविक थिए । भविष्य यस्तो हुनेछ भनेर भविष्यवाणी गर्न नसकिएपनि कल्पना गर्नु मानिसको अधिकार र स्वभाव दुवै हो ।
अहिले अघिल्लो शताब्दीमा कल्पना मात्र गरिने अन्तरिक्ष यात्रा पनि सहज रुपमा सम्भव भइसकेको छ । जैविक प्रविधि, क्लोनिङ, टेस्ट ट्यूब बच्चाको जन्मले प्रकृतिमाथि नै मानव प्रयत्नले चुनौती दिइसक्यो । गोलाद्र्धका एक कुनाका मानिस क्षणभरमा नै अर्को कुनामा रहेको आफन्तसँग हत्केलामा स्पर्श गरिरहेका छन् । ठूल्ठूला वार्ता र संवादका लागि हजारौं माइलको हवाई यात्रा तय गर्नुपर्दैन, भिडियो कन्फरेन्सले आफ्नै कार्यकक्षबाट सम्भव तुल्याइदियो ।
विचार र समाचार प्रवाहको मार्ग अनवरत खुला छ । आइफोन हराउँदा आइप्याडले लोकेसन ट्र्याक गर्न र कतिपय महत्त्वपूर्ण सूचना संरक्षण गर्न सकिने अन्तरसम्बन्ध स्थापित छ । यन्त्र–यन्त्रको सम्बन्धले एकले अर्कोको क्षतिलाई कसरी बचाउँछ भन्ने सानो उदाहरण मात्र हो यो । यस्ता कैयन उदाहरण छन् जसले कल्पनाका कुरालाई क्रमशः यथार्थमा साकार तुल्याँउदै ल्याएको छ । मानौं अब प्रविधिले संवेदना पाइसक्यो । प्रविधिले नै ठूलो र जटिल विश्वलाई सानो र सरल बनायो, विश्वलाई सानो सीमाभित्र खुम्च्याएर आफू अनुकूल उपयोग गर्न सम्भव तुल्यायो ।
अनुमान र कल्पना गरिएजस्तै कतिपय असम्भव भनिएका कुराहरू पहिलो शताब्दीको २० वर्षमा प्राप्त भइसकेको छ । शताब्दीका खुशीलाई सर्वसाधारणले रमाएर उपभोग गरिरहेका छन् । जोखिमका क्षेत्रहरू र धेरै परिश्रम चाहिने कामहरू यन्त्रले गर्न लागे । स्टोर विनाका स्टोरकिपर अनि आपूर्तिकर्ता बनेर अमेजन डटकम र अलिबाबाहरू तहल्का मच्चाइरहेका छन् । सस्तो र स्तरीय सेवा–वस्तु उपभोग गर्न भूगोलको अवरोध छैन । भूमि नभएर भोकै बस्नुपर्ने अवस्था पनि छैन, पाइप खेती भइरहेको छ । नजाने भोलि ज्यान नभएको माम्सपदार्थ र स्पेशखेतीको व्यापारिक प्रयोग हुनेछ । विचारकहरू विचार गरिरहेका छन्, डिस्रप्टिभ विचारहरू छताछुल्ल छन् । नजाने विचारको विस्फोटले पृथ्वीलाई भूस्वर्ग बनाउन अनुसन्धानकर्ता र आविस्कारक विचारलाई प्रयोगशालामा परीक्षण गरिरहेका छन् ।
विचारका प्रयोगशालाहरू कतिपय असम्भवलाई सम्भवमा बदल्ने कारखाना हुन् । उपभोक्तहरू उपलब्धिको थोरै अंशमै स्वादिएका र रमाएका छन् । जताततै अवसरै अवसर छ । शताब्दीका पुस्ताहरू भाग्यमानी देखिएका छन् । लाग्छ मानव जातिले प्रकृति र ईश्वरमाथि विजय हासिल गरिसक्यो । कल्पनाको स्वर्ग अब हाम्रो धर्तीमा झरिसक्यो । असिम अवसर र सुखको अवस्था नै स्वर्ग हो भने मानव प्रयत्नले त्यसलाई आप्mनै जीवनमा र अनुभूतिमा सम्भव तुल्याइदिएको छ । यो चाहिँ कल्पनाको होइन, यथार्थको स्वर्ग हो । कल्पनाको स्वर्ग छ/छैन, यथार्थमा चाहिँ स्वर्ग भेटिएको छ ।
उपलब्धि र अवसरको स्वादमा रमाएको मानवपुस्ता कल्पनै गर्न नसकिने चुनौतीतिर पनि धकेलिँदै छ । बीसौं शताब्दीमा न्याय र समानताको अर्थ जे थियो, आनका तान फेरिएको छ । सबैलाई समान व्यवहार गरेर वा कसैलाई विशेष अवसर दिएर अब न्याय र समानताको माने पूरा हुँदैन । सशक्तीकरणका प्रक्रिया फेरिएका छन्, शिक्षा र चेतना मात्र यसको हतियार होइन । सम्बन्ध प्रणाली यान्त्रिक बन्दैछ । समवेदना र अनुभूतिलाई यन्त्रले विस्थापित गरिसक्यो ।
उत्पादन संगठन बदलिएका छन् । उद्यमी र लगानीकर्ताहरू बदलिएका छन् । क्यालिफोर्निया र फ्रेङ्कफर्टका जाइन्टहरू शांघाइ र आदिस अवावामा फिजिएका छन् । वालमार्टको अर्थशास्त्र डेनमार्कको भन्दा ठूलो भइसक्यो । कुन उद्यम कसले कहाँ सञ्चालन गरेको छ, त्यति धेरै वास्ताको विषय अब रहेन । आर्थिक प्रणाली सञ्चालनमा आदम स्मीथका नियमहरू काम लाग्न छाडे । कार्यालय सञ्चालनमा म्याक्स वेवरका सिद्धान्त थोत्रा भए । शासन प्रणाली पनि बदलियो । विश्व चौथो औद्योगिक क्रान्तिको संघारमा छ र त्यसलाई निर्देश गर्नसक्ने राजनैतिक प्रणाली नै निर्माण भएन । राजनेताहरू पपुलिज्ममा मख्ख छन् तर आफूले शासकीय क्षमता स्वाट्टै गुमाएकोमा जानकार छैनन् । विश्वव्यापीकृत अर्थतन्त्र र उदारीकृत राजनीतिबीच वास्तविक अन्तर्क्रिया नै हुन सकेन । विश्वव्यापीकृत (उदारीकृत) राजनीति र स्थानीय अर्थतन्त्रबीचको नाता पनि स्थापना भएन । विश्व बदलिएको, उत्पादन र आपूर्ति शृंखला बदलिएकोमा त्यसैमा मख्ख छन् तर आफूहरूले नियमन र निर्देशन क्षमता कति अघिदेखि गमाइरहेकोमा अन्जान छन् ।
नेतामा लामो दूरीको दृष्टि छैन । राजनीति भिजनलेस र अब्सोलेट भएको छ । विविधतालाई लोकतन्त्र भनिएको थियो, विविधताको अर्थ अब जातजाति, लिङ्ग, सम्प्रदाय र संस्कृतिको पहिचानभन्दा गहिरो र फराकिलो बन्दैछ । विविधता डाटा र एप्ससँग नजिकिएको छ, जसलाई सम्बोधन गर्ने विधि र संयन्त्रका जिम्मा पनि यन्त्रलाई लगाउनुपर्ने भएको छ । धेरै धन थोरैमा केन्द्रित हुँदैछ । सूचना (शक्ति) हतियार बन्दैछ । केही विगहाउस संसारका सबै सूचनामाथि धावा बोल्दैछन् । थोरै स्थान डाटा हटप्लेसमा परिणत हुँदैछन् । निजी निर्णयमाथि यन्त्रको हाबी हुँदैछ, जसले मानवीय अनुभूति र निजत्व विस्थापित गर्दैछ । मानिसका दिनचर्या, कार्यव्यवहार, शासन प्रणाली, शिक्षा, साहित्य, कला यावत सबै बदलिएका छन् । औपचारिक समाज व्यवस्थापनमा राज्यको शक्ति छरिएको अनि निर्धो बन्दैछ । मानव मूल्य पनि प्रविधिका एप्स र भर्चुअल सञ्जालबाट (न) राम्ररी प्रभावित छ ।
यस शताब्दीका चर्चित विश्लेषक/विचारक युभल नोह हरारी सन् २०५० तिर विश्व समाज कस्तो बन्ला भन्ने निकै उत्साह र त्यत्तिकै भयावह चित्र प्रस्तुत गर्छन् । उनका अनुसार ‘हामीभन्दा अघिका मानिसले शोषणविरुद्ध संघर्ष गरेका थिए तर एक्काइसौं शताब्दीमा असान्दर्भिक हुनबाट बच्न मानिसले साच्चिकै ठूलो संघर्ष गर्नुपरेको छ’ । विचारकहरू डिस्रप्टिभ विचार दिइरहेका छन्, वैज्ञानिकहरू ती सबै पूरा गर्दैछन् । स्वचालित प्रविधिको विकास र त्यसमा पनि प्रविधि–प्रविधिबीचको अन्तर्क्रिया स्वचालित बन्दैछ । यसले मानव जीवनको आधारभूत अर्थ नै बदल्न सक्छ । मानिस भएर बाँच्न पनि उ एक्काइसौं शताब्दीसँग स्वाभाविक बन्न सक्नुपर्छ । उत्पादन, उपभोग, शिक्षा आर्जन, मनोरञ्जन, यात्रा, काम, कुराकानी आदि इत्यादि सबैमा अकल्पनीय अवस्थाको सिर्जना हुने पक्का छ । मिलेनिएल्सहरू अभ्यस्त होलान्, निरन्तर परिमार्जित र अनुकूलित होला तर असी, नब्बेको दशकसम्म जन्मेहुर्केकाहरू कतिपटक अनुकूलित हुने ? कसरी सम्भव छ ? किनकि स्वचालित प्रविधिको विकास एक पटक आएर शान्त हुने पानीको छाल होइन, यो निरन्तरको ज्वारभाटा हो, जसले समुद्रलाई नै उथलपुथल पार्छ । ज्ञान र प्रविधिले उत्पादन गरेको उपलब्धिलाई उपभोग गर्न पनि नजान्ने पुस्ता नै अस्वाभाविक पुस्ता हो । हरारीले यस पुस्तालाई ‘प्रयोजनहीन’ वर्ग भनेका छन् । के मानव पुस्तालाई प्रयोजनहीन भन्न मिल्छ ? वा पुस्ता अस्वाभाविक र प्रयोजनहीन हुन्छ ? के प्रविधिले मानव ‘स्व’ र ‘सत्ता’ माथि धावा बोल्न वा ध्वस्त पार्न हुन्छ ?
अझ केही गम्भीर चुनौतीका कुरा गरौं । रोबोटिकले सबै काम र कार्य अनुशासनमाथि कब्जा गर्दा जीवन प्रणाली कस्तो होला ? समाज व्यवस्था कस्तो होला ? राज्य व्यवस्था कस्तो होला ? चालकविहीन सवारीसाधनले इन्धन बचाउला, कुशलता बढाउला, दुर्घटना पनि घटाउला । कृतिम बौद्धिकता डाक्टर (एआइ डक्टर) र नर्सहरू रोग पहिचान, उपचार, शल्यक्रियामा निकै कुशलता देखाउने छन् । चलचित्र साइफाईका फिक्सन कथा कोठाभित्रै बन्ने छन् । गीतका कम्पोजहरू स्रोताको चाहना बुझेर नै रोबोटिकले पस्किनेछ । मनका भावना, विचार, रोस, आशक्ति, निष्ठा, लालसाहरू अरुले तत्काल बुझेपछि मानव स्व र निजत्व कसरी कायम गर्ने ? मानिसका २ प्रकारका क्षमता भौतिक र भावनाजन्य (फिजिकल र कग्निटिभ) मा भौतिक पक्षमा कृतिम बौद्धिकताले प्रभाव पार्दासम्म मख्ख मानव जाति भावनाजन्य कुराहरू पनि एआइलाई सुम्पन पुगी उसलाई नै सुपरह्यूम्यान बनाउने छ । नानोप्रविधि र व्यावहारिक अर्थशास्त्रमाथि विज्ञानले बेस्सरी धावाबोली मानिसहरू कसरी व्यवहार गर्छन्, सोच्छन् र स्वाद लिन्छन् भन्ने जानकारी सुपरह्यूम्यानले लिएपछि ह्यूमन ह्याकिङ नहोला भन्न सकिन्छ र ? मानव जीवनका सबै कुराहरू सिद्धान्त र सूत्रजस्ता सजिला हुने छैनन् । सबै कुरा डाटा, कम्प्युटर र जैविक ज्ञानले विस्थापित गर्नेछ । डिजिटल अधिनायकवादले भनिएका महाशक्ति राष्ट्रहरू कति निरीह बन्लान् ? एकवार कल्पना गरौं – कुनै कारण ब्याकअप नै नरहने गरी एआइ सिस्टम ध्वस्त भयो रे ! प्रणाली पुनःस्थापना कसरी गर्ने होला ? कति तवाही हुने होला ?
इन्फोटेक र बायोटेकले बदलिरहेको एक्काइसौं शताब्दी कति मानवीय र कति निमानवीकृत बनाउने ? कति सरल र कति जटिल बनाउने भन्ने कुरा स्वयं मानव र उसको व्यवहारमाथि भर पर्नेछ । किनकि उसले ईश्वर र प्रकृतिलाई जितिसकेको छ ।
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...