कात्तिक २५, २०८०
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरस (कोभिड– १९) का कारण बन्दाबन्दी (लकडाउन) घोषणा गरिएपछि रामेछापका २ युवाले पोखरादेखि रामेछापसम्म साइकलको यात्रा गरे ।
रोचक कुरा त के भने, यसअघि कहिल्यै साइकल नचलाएका उनीहरूले घर आउनकै लागि साइकल सिकेर यात्रा शुरू गरेका रहेछन् ।
पोखराबाट झण्डै ३ सय २५ किलोमिटर यात्रा गरेर उनीहरू शुक्रवार रामेछाप नगरपालिकाको दाङसिङटार र ओख्रेनी पुगेका हुन् ।
कास्कीको पोखरामा निर्माणको काम गर्ने टेकबहादुर मगर (निलो टिशर्ट) र सूर्यबहादुर पुलामी मगर (रातो टिशर्ट)ले साइकलमार्फत घरसम्मको यात्रा पूरा गरेका हुन् ।
‘जीन्दगीमा अनौठो भोगाइ भयो, यहाँ आइपुगेपछि त अब घरको मूलढोका टेकेजस्तो भयो,’ शुक्रवार अपराह्न सिन्धुलीको खुर्कोटमा भेटिएका टेकबहादुरले लोकान्तरसँग भने ।
भवन निर्माणको काम गर्ने उनीहरू मिस्त्री कामका लागि चैत १ गते पोखरा गएका थिए ।
उनीहरू पोखराको कुँडरमा काम गर्ने र बस्ने गरेका थिए । पोखराका ठेकेदार धनबहादुर गुरुङले नै उनीहरूलाई साइकलको व्यवस्था गरिदिएका हुन् ।
‘बस चल्छ कि भनेर ३ साता कुर्यौं, तर लकडाउन खुल्ने छाँटकाट नदेखिएपछि साइकल चढेरै हिँड्यौ,’ पुलामीले लोकान्तरसँग भने ।
सजिलो बाटोमा साइकल चलाएपनि उकालोमा साइकल डोर्याएरै हिँडेको उनीहरूले बताए ।
‘भर्खर साइकल सिकेका कारण अप्ठ्यारोमा चलाउन जानिएन, उकालो जति साइकल धकेलेर आयौं, धन्न साइकल पञ्चड भएन,’ टेकबहादुरले अनुभव सुनाए ।
साइकलमा हिँडेको पहिलो दिन उनीहरू मुग्लिननजिक आएर बसेका थिए । दोस्रो र तेस्रो दिन उनीहरू धादिङमै बसे ।
दोस्रो दिन धादिङ सदरमुकाम जाने बाटोभन्दा अलिमाथि जंगलमा बसेको उनीहरूले बताए ।
‘तेस्रो दिन त्यो नौबिसे भन्ने ठाउँमा बसियो, अर्को दिन धुलिखेलभन्दा अलितल पुगेका थियौं,’ उनले भने ।
कहिले घर पुगौंला भन्ने चिन्ताले रातमा बाघभालुको डर समेत नलागेको उनीहरूले सुनाए ।
‘पहिलो दिन त साइकल चलाइयो, दोस्रो दिन त धेरै चलाउन सकेनौं बीचमा आएर बस्यौं, तेस्रो दिन नौबिसे पुग्यौं,’ टेकबहादुरले भने, ‘कहाँ जंगल छ, कहाँ बस्ती छ भन्ने थाहा भएन, जंगलैकै बीचमा बास बसियो, जसो तसो आइपुगियो ।’
साइकलमा हिँड्दाहिँड्दै सूर्यबहादुरको मोबाइल फोन हरायो ।
‘घरबाट पनि धेरै चिन्ता गरे, हामी हिँड्दै आउन खोजेका थियौं, ठेकेदार दाइले नै साइकल मिलाइदिनुभयो,’ पुलामीले भने ।
पृथ्वी राजमार्गमा हिँड्दा पैदलै घर जानेको लर्को लागेको देखेको उनीहरूले बताए ।
‘आफ्नै देशको एक ठाउँबाट घर आइपुग्दा पनि मुग्लानबाट आएजस्तै भयो, घरमा पुगेपछि परिवारमा सबै खुसी भए,’ टेकबहादुरले घर पुगेपछि फोनमा भने ।
१० दिन मात्र काम गर्न पाएका उनीहरूले ५ दिनको मात्र तलब लिएका थिए ।
‘कमाउन भनेर गएको घर फर्किंदा गोजीमा ५ सय जति लिएर फर्कियौं,’ उनले भने ।
यसअघि रामेछाप मन्थलीका भीमबहादुर लामाले म्याग्दीदेखि पैदल हिँडेर मन्थली पुगेका थिए ।
लकडाउनका कारण काम नपाएको तथा बेखर्ची भएको भन्दै राजमार्गमा पैदल हिँडेर घर जानेको लर्को लागेको छ ।
कोरोना संक्रमण फैलिन नदिन सरकारले गएको चैत्र ११ गतेदेखि लकडाउन घोषणा गरेको थियो ।
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...