×

NIC ASIA

५ नम्बर प्रदेशमा भरिए क्वारेन्टाइन, भैरहवा, बाँके र दाङबाट पीसीआर परीक्षण

बैशाख १७, २०७७

Prabhu Bank
NTC
Premier Steels

५ नम्बर प्रदेशमा बनाइएका क्वारेन्टाइन भरिएका छन् । पहिलो चरणमा राखिएका २ हजार ५०० जनालाई होम क्वारेन्टाइनमा पठाइएपनि भारत, काठमाडौं तथा अन्य शहरबाट आएकालाई क्वारेन्टाइनमा राखिएको छ ।

Muktinath Bank

बाहिरी जिल्लाबाट भित्रिएकाहरू पनि सरासर गाउँ जाँदा जोखिम बढेपछि स्थानीय तह र प्रदेश सरकारले गाउँ भित्रिनेलाई क्वारेन्टाइनमा राखेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले अब कोरोना भाइरस (कोभिड–१९) को परीक्षण २ र ५ नम्बर प्रदेशमा केन्द्रित गर्ने बताएको छ । ५ नम्बर प्रदेशका ५६३ स्थानमा रहेका क्वारेन्टाइन १२ हजार ६५ जना बसिरहेका छन् ।


Advertisment
Nabil box
Kumari

प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. उमाशंकरप्रसाद चौधरीले पहिलो चरणमा बसेकालाई आरडीटी जाँच गरेर होम क्वारेन्टाइनमा पठाएको बताए ।

Vianet communication

‘पहिला बसेका घर पठाइयो । अहिले भारतको क्वारेन्टाइनमा बसेर आएका, काठमाडौं, बुटवलबाट गाउँ गएकाहरूलाई पनि क्वारेन्टाइनमा राखिएको छ,’ डा. चौधरीले भने, ‘बजारबाट गाउँ फर्किएकाहरूलाई पनि स्थानीय तहको पहलमा क्वारेन्टाइनमा राखिएको छ ।’ तर बन्दाबन्दी (लकडाउन) पछि प्रदेशमा कति मानिस बाहिरी जिल्ला, भारत र तेस्रो मुलुकबाट भित्रिए भन्ने आधिकारिक तथ्यांक भने छैन । 

केही दिनयता विभिन्न शहरबाट नेताको पहलमा सर्वसाधारणहरू धमाधम गाउँ भित्रिएका छन् । कोही हिँडेर त कोही जनप्रतिनिधिको पहलमा गाडीको व्यवस्था गरी गाउँ पुगेका छन् ।

सबैभन्दा धेरै रोल्पामा ६ हजार ८०९ जनालाई क्वारेन्टाइनमा राखिएको छ । बर्दियामा २ हजार ८७२, बाँकेमा २३२, कपिलवस्तुमा ३००, अर्घाखाँचीमा २२८, रूपन्देहीमा २४५, पाल्पामा १६५, गुल्मीमा १२९, पश्चिम नवलपरासीमा ९४, रुकुमपूर्वमा १२६ र प्युठानमा ७४३ जना क्वारेन्टाइनमा छन् । प्रदेशभरका क्वारेन्टाइन १६ हजार ६३० शय्या छन् । 

डा. चौधरीले प्रदेशमा ३ हजार ५२८ जनाको आरडीटीबाट कोरोना जाँच गर्दा १ जनाको बाहेक अन्य सबैको ‘नेगेटिभ’ आएको बताए । पश्चिम नवलपरासीका १ पुरुषको आरडिटी पोजेटिभ देखिएपनि पीसीआर जाँच गर्दा नेगेटिभ रिपोर्ट आएको थियो । सामाजिक विकास मन्त्रालयका सचिव गोपी खनालले ‘रिस्क जोन’बाट आएर क्वारेन्टाइनमा बसेका व्यक्तिलाई पीसीआर जाँच गरेर मात्र घर जान दिइने बताए । ‘क्वारेन्टाइनमा रहेका सबैको जाँच गर्न सम्भव छैन । ‘रिस्क जोन’बाट आएकाहरूको जाँच हुुन्छ,’ उनले भने । रोल्पामा कोरोना जाँच गर्ने किटको अभाव भएको उनले बताए ।

प्रदेशका विभिन्न ३ शहरबाट कोरोना भाइरसको पीसीआर विधिबाट जाँच भइरहेको छ । रूपन्देहीको भैरहवा, बाँकेको नेपालगञ्ज र दाङको घोराहीबाट कोरोनाको जाँच भइरहेको छ । हालसम्म ५ नम्बर प्रदेशमा कोरोना भाइरस संक्रमित भेटिएका छैनन् । 

भैरहवामा २ वटा मेसिन सञ्चालन भएर दैनिक ९० वटा स्वाब परीक्षण गर्न सकिन्छ । हालसम्म २४६ वटा स्वाब जाँच गरिएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला निमित्त प्रमुुख राजेन्द्र गिरीले जानकारी दिए । प्रदेशका ६ वटा जिल्ला भारतसँग जोडिएका छन् । सिमावर्ती भारतीय जिल्लामा कोरोनाका बिरामी थपिँदै गएका छन । जसले गर्दा ५ नम्बर प्रदेशमा पनि कोरोना जोखिम बढ्दो छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x