×

NMB BANK
NIC ASIA

श्रमिकसँग अझ बढी समझदारीका साथ सहयात्रा गर्ने सभापति ढकालको प्रतिवद्धता

बैशाख १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषदका सभापति चन्द्रप्रसाद ढकालले कोरोना भाइरसका कारण विश्वव्यापी उत्पन्न भएको वर्तमान कठिन अवस्थामा पनि श्रमिक वर्गसँग अझ बढी समझदारीका साथ सहयात्रा गर्ने बताएका छन्। 

Muktinath Bank

उक्त परिषदको सभापतिका हैसियतले मे १ अर्थात मजदुर दिवसका अवसरमा शुभकामना सन्देश दिँदै ढकालले सम्पूर्ण विश्व कोभिड १९ को महामारीको संकटबाट गुज्रिरहेको अवस्थामा विश्वको अर्थतन्त्र एक किसीमले भन्नुपर्दा दीर्घकालसम्म नै थला पर्ने देखिएको बताए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सन्देशमा उनले भनेका छन्, ‘इतिहासको यो कठिन समयमा अझवढी समझदारीका साथ सहयात्रा गर्ने प्रतिवद्धताको लागि आग्रह गर्दै सबै श्रमिक दाजुभाइ एवं दिदीबहिनीहरूको सुस्वास्थ्य र सुरक्षाको कामना गर्दछु।’


Advertisment
Nabil box
Kumari

विश्व अर्थतन्त्र पुनः एकपटक दीर्घकालीन रूपमा थलापर्ने अवस्था देखिएको भन्दै ढकालले शुभकामना सन्देशमा भनेका छन्, ‘यस जोखिमपूर्ण महामारीको अवस्थामा तपाई हामी आपसी सद्भाव, मित्रता र समन्वयबाट आफ्नो जीउधन र व्यवसायको सुरूक्षा गर्दै अगाडि बढ्नुपर्ने खाँचो छ ।’

Vianet communication
Laxmi Bank

सभापति ढकालले अहिलेसम्मकै मात्र अवस्थालाई हेर्दा पनि यो कोरोना महामारीका कारण विश्वमा लाखौं मानिसको ज्यान जाने तथा करोडौंले आफ्नो रोजगारी गुमाउँदै जाने तथा त्यतिनै संख्यामा मानिसहरू भोकमरी र खाद्य संकटमा पर्ने अवस्था देखिएको बताए । 

ढकालले नेपाल एक महिनाभन्दा लामो समयदेखि पूर्णरूपमा बन्दाबन्दीको अवस्थामा रहेको, विकास निर्माणका कामहरू सबै ठप्प रहेका, उद्योग, व्यवसाय र कलकारखानाहरू बन्द रहेका तथा देशमा रेमिट्यान्सको आप्रवाह घट्दो क्रममा रहेकोले स्वदेश तथा विदेशमा रहेका नेपाली श्रमिक आफ्नो रोजगारीबाट विमुख हुने धेरै सम्भावना देखिएको बताएका छन्। 

अन्तराष्ट्रिय मुद्रा कोषले अप्रिल २०२० मा सार्वजनिक गरेको वल्र्ड इकोनोमिक आउटलुक अनुसार कोरोनाको विश्वव्यापी महामारीका कारण सन् २०२० मा विश्व अर्थतन्त्र ३ प्रतिशतले संकुचन आउने प्रक्षेपण गरेको उनले बताए। 

केन्द्रीय तथ्याङ्क विभागले नेपालको आर्थिक वृद्धिदर २.२७ प्रतिशत हुने अनुमान गरेको छ।    
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २२, २०८०

नेपाली सेनाले रिक्त पद पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय जंगी अड्डाले सूचना प्रकाशित गर्दै रिक्त पदमा आवेदन आह्वान गरेको हो ।  सूचनामा उल्लेख भएअनुसार प्राविधिक र विविध सेवातर्...

कात्तिक १७, २०८०

नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले शुक्रबार अधिकृत क्याडेट पदका लागि आवेदन आह्वान गरेको हो ।  नेपाली सेनामा रिक्त २२९ अधिकृत प...

माघ १५, २०८०

काठमाडौं-तराई-मधेश द्रुतमार्ग सडक आयोजनाले करारमा कर्मचारी माग गरेको छ । आयोजनाले सोमबार सूचना जारी गर्दै वृक्षारोपण हेरालु पदमा कर्मचारी माग गरेको हो ।  सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन आह्वान...

कात्तिक २७, २०८०

ओखलढुंगा पलापुका तुलबहादुर माझी सोमवार दिउँसो हतार-हतारमा थिए । आफ्नी बहिनीसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका उनी ओमान जाँदै थिए ।  तिहारको मध्य दिनमा देश छाड्नु पर्दा न दिदीबहिनी खुशी थि...

मंसिर १, २०८०

 सांसद एवं कांग्रेस नेता प्रदीप पौडेलले कोरियामा काम गर्ने नेपालीलाई त्यहाँका नागरिक सोसरह सेवा सुविधा दिन र कामको अवधिपछि योगदानमा आधारित पेन्सन दिन दक्षिण कोरिया सरकारसँग आग्रह गरेका छन् । नेपाल ...

पुस ७, २०८०

नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य बनेको दक्षिण कोरियाका लागि आवेदकको बाढी देखिएको छ । ईपीएस मार्फत कोरिया जान १ लाख ४३ हजारभन्दा बढी नेपाली युवाले आवेदन फाराम  दिएका हुन् ।   ईपीएस को...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x