×

NIC ASIA

कोरोनाको इपिसेन्टर बन्यो प्रदेश ५ : पहिलो संक्रमित भेटिएको २ सातामै ‘शतक’ पार !

जेठ २, २०७७

Prabhu Bank
NTC
Premier Steels

अन्य प्रदेशको तुलनामा ढिला गरी संक्रमित बिरामी भेटिएको प्रदेश नम्बर ५ कोरोनाभाइरस (कोभिड–१९) को इपिसेन्टर बन्न पुगेको छ ।

Muktinath Bank

शुक्रवार बिहानसम्मको तथ्यांकअनुसार प्रदेश ५ मा कोरोनाभाइरस संक्रमित बिरामीको संख्या १०२ पुगेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश ५ मा पहिलोपटक वैशाख १९ गते रूपन्देहीको कोटहीमाई गाउँपालिका २५ वर्षिय र बाँकेको नेपालगञ्जका ६० वर्षिय पुरुषमा एकसाथ संक्रमण देखिएको थियो ।


Advertisment
Nabil box
Kumari

त्यसको २ सातामै प्रदेश ५ ले सबै प्रदेशलाई जितेको छ । प्रदेश ५ पछि प्रदेश २ मा ९९, प्रदेश १ मा ३५, बाग्मतीमा १४, सुदुरपश्चिममा ५, गण्डकीमा ३ जना संक्रमति छन् ।

Vianet communication

हालसम्म कर्णाली प्रदेशमा कोरोनाका बिरामी भेटिएका छैनन् । 

देशभरमा कोरोना संक्रमितको संख्या २५८ पुगको छ । प्रदेश ५ मा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र कर्मचारीमा पनि संक्रमण देखिएको छ ।

पहिलो संक्रमित भेटिएको दुई हप्ताको छोटो अवधिमै संक्रमितको संख्या शतक नाघेको हो । संक्रमितमध्ये रूपन्देहीका पहिलो संक्रमित निको भएर घर फर्किएका छन् । 

त्यसपछि प्रदेशमा भारतसँग सीमा जोडिएका ६ जिल्लामध्ये ५ जिल्लामा संक्रमण भेटिएको छ । संक्रमितमध्ये सबैभन्दा बढी ४० जना कपिलवस्तुका छन् ।

त्यसपछि बाँकेमा ३२, रुपन्देहीमा २८, बर्दियामा १ र पश्चिम नवलपरासीमा १ जना छन् । कोरोना समुदायमै फैलिसकेको भन्दै नियन्त्रणबाहिर जान सक्ने चिन्ता व्यक्त गरिएको छ ।

प्रदेशमा अझै संक्रमितको संख्या बढ्ने देखिन्छ । भारतीय सीमाबाट लुकिछिपी आउने क्रम नरोकिँदा संक्रमण समुदायमा फैलिएर अवस्था नियन्त्रणबाहिर जानसक्ने देखिएको हो ।  

रूपन्देहीका दुई अस्पताल र बाँकेमा कोरोना उपचारका लागि स्तरो न्नति गरिएका अस्पतालमा बिरामी भरिएपछि अब भेटिने संक्रमितलाई दाङको बेलझुण्डीस्थित कोरोना अस्पतालमा लैजाने निर्णय प्रदेश सरकारले गरेको छ । त्यस्तै बुटवल, भैरहवा र बाँकेमा गरी ४ सय आइसोलेसन थप गर्ने काम पनि अगाडि बढाइएको छ । 

बुटवलस्थित कोरोनाविशेष अस्पतालका कन्सल्टेन्ट तथा फोकल पर्सन डा. सुदर्शन थापा  भारतबाट आउनेलाई थुनछेक नगरी वैधानिक रूपमा ल्याएर क्वारेन्टाइनमा राख्नुपर्ने बताउँछन् ।

‘नेपालमा पछिल्लो एक हप्ता भेटिएका सबै ‘केश’ लुकिछिपी भारतबाट आएकाहरूमा छ । सीमापारि उनीहरूलाई जति रोक्न खोजेपनि कुनै न कुनै माध्यामबाट नेपाल छिर्छन् ।

उनीहरू घरसम्म पुग्दा समुदायमै तीव्र रूपमा संक्रमण फैलिन सक्छ । उनीहरूलाई वैधानिकरूपमा ल्याएर क्वारेन्टाइनमा नराख्ने हो भने अवस्था भयावह हुनसक्छ । यसमा राज्यको ध्यान बेलैमा जान आवश्यक छ ।’

उनले थपे, ‘नेपालमा अहिले संक्रमित सबै युवा उमेर समूहका छन् । उनीहरूले संक्रमण समुदायमा सारेको खण्डमा अवस्था नियन्त्रणबाहिर जान सक्छ, मृत्युदर बढ्न सक्छ ।’

रूपन्देही, कपिलवस्तु, बाँके, पश्चिम नगरपालिका विभिन्न नाकामा आएर ३ सय ५ सय नेपाली नेपाल प्रवेशको प्रतिक्षामा छन् । यो संख्या भारतमा रेल सेवा मंगलबारदेखि सुरू भएसँगै अझै बढेर जानेछ ।

रूपन्देहीको सुनौली नाकामा ५ सय १० जना अलपत्र नेपालीहरूलाई बिहीवार तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकाले भित्र्याएर क्वारेन्टाइनमा राखेका छन् ।

सुनौलीमा अलपत्र अझै एक हजारलाई ल्याउने भनिए पनि जिल्ला अन्य स्थानीय तहले क्वारेन्टाइन व्यवस्थापन गरि नसक्दा ल्याउन सकिएन । 

शुक्रबार बिहान पुष्टि भएका बाँकेको नरैनापुर वडा नम्बर १, ३ र ५ का १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षका युवा हुन् ।

उनीहरू भारतबाट लुकिछिपी नेपाल प्रवेश गरेको थाहा पाएपछि गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा राखिएको थियो । भैरहवा, दाङ र बाँकेबाट  कोभिड– १९ को जाँच गरिन्छ । 

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाका निमित्त प्रमुख डा. राजेन्द्रकुमार गिरीले प्रदेश ५ मा ४ हजार ४ सय २७ स्वाबमध्ये १ सय २ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिए ।

अहिलेसम्म टेकु प्रयोगशाला काठमाडौंले १ हजार ६सय ९७, भेरी अस्पताल बाँकेले १ हजार २ सय ३६, रुपन्देहीको प्रयोगशालाले ८ सय ६६, राप्ती प्रयोगशाला दाङले ५ सय ५९ र गुल्मीको केही ६९ नमूना गण्डकी प्रयोगशाला पोखरामा जाँच गरिएको डा. गिरीले जानकारी दिए ।

प्रदेशमा अझै संक्रमितको संख्या बढ्दै जाने देखिएको उनले बताए । प्रदेश ५ मा झण्डै ८ हजार व्यक्ति आइसोलनसमा छन् । उनीहरूको स्वाब संकलन र जाँच गर्ने कार्य भइरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x