मंसिर २५, २०८०
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जेठ २, २०७७
कर्णाली प्रदेश विपद व्यवस्थापन केन्द्रले हरेक वडामा १० जनाका दरले स्वाब संकलन गरी पीसीआर जाँच गर्ने र कोरोना खोज्ने निर्णय हालका लागि स्थगित गरेको छ ।
लोकान्तरमा बिहीवार कर्णालीमा कोरोना जाँच्ने ‘फेसन’ : पहुँचका भरमा स्वाब लिएर पीसीआर किटको सत्यानाश ! भन्ने शीर्षकमा समाचार प्रकाशन भएसँगै प्रदेश सरकारका मुख्यमन्त्री एवं केन्द्रका संयोजक महेन्द्रबहादुर शाहीले शुक्रवार बिहान ७ बजे आकस्मिक बैठक बोलाएका थिए ।
बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी, सामाजिक विकास मन्त्री दल रावललगायत उच्चपदस्थ अधिकारी र सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।
‘वडा–वडामा पीसीआर जाँच गर्ने भनि गरिएको निर्णय किट हेरेर स्थगित गरौं । किट बढी भएको खण्डमा मात्रै वडामा जाऔं । भारतबाट आइरहेका हरेक नागरिकलाई कडाइका साथ क्वारेन्टाइनमा राख्ने र उनीहरूको मात्रै पीसीआर जाँच गर्ने निर्णय गरौं,’ बैठकको निष्कर्ष हो यो ।
सामाजिक विकास मन्त्री दल रावलले क्वारेन्टाइनमा पालिकामै भएपनि राख्नमा कुनै कसर बाँकी राख्न नहुने बताए ।
सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले विगतभन्दा अहिले कोरोना संक्रमणको खतरा बढेको बताउँदै कर्णालीमा थप चुनौती देखा परेको बताए ।
‘भारतबाट आएका नागरिकहरूलाई आरडिटी पनि जाँच नगरी पठाइएको सुन्नमा आएको छ,’ उनले बैठकमा भने, ‘क्वारेन्टाइनलाई व्यवस्थापन गर्नुको विकल्प छैन, सबैको आरडीटी जाँच गर्ने गरी अघि बढौं ।’
प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीका २३९ जना नागरिक कर्णालीको सीमामा आइपुगेको बताउँदै अन्य ६ सयभन्दा बढी नागरिक भारतको सीमामा रहेको जानकारी आएको बताए ।
‘विगतमा हामीले जिल्लास्थित विपद् व्यवस्थापन केन्द्रलाई क्वारेन्टाइनको व्यवस्थापन गर्न निर्देशन दियौं, उसले पालिकालाई निर्देशन दियो । पालिकाले वडाध्यक्षलाई निर्देशन दियो । वडाअध्यक्षले अधिकांश स्थानमा घर पठाइदिए ।
त्यसबाट हामीले पाठ सिक्न जरुरी छ । भारतबाट आएका सबैलाई आरडीटी जाँच गरौं । बबईमा प्रत्येक जिल्लाका लागि पालको व्यवस्थापन गर्ने र बबईमा आएका नागरिकलाई एक छाक खाना खुवाउने प्रबन्ध मिलाउनुहास् ।’
मुख्यमन्त्री शाहीले भने, ‘पालिकामा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले समन्वय गरून् । उनीहरूको नाम चाहियो । उपलब्ध गराउनुहोस् ।’ विगतको अनुभवबाट पाठ सिक्दै अब क्वारेन्टाइनको बसाइमा कडाई गर्न आवश्यक रहेको उनको भनाइ थियो ।
‘निर्माण र खाद्य सामाग्री आयातको कुरा गरेका छौं । कम्तिमा कर्णालीको सीमामा तीन दिन गाडी राखेर मात्रै कर्णाली ल्याउने व्यवस्था गर्न आवश्यक छ । ड्राइभर र खलासीको आरडीटी जाँच गर्ने र अनि मात्र कर्णाली आउन दिने व्यवस्था मिलाउनुहोस् ।’
मुख्यमन्त्री शाहीले भने, ‘उनीहरूलाई आवश्यक परे कार्ड दिनुहोस् । कार्ड दिएरै भएपनि कोरोना नियन्त्रणमा कडाइका साथ जाँच गर्नुहोस् ।’
उनले नाकामा डाक्टरहरू सहितको टोली खटाउन स्वास्थ्यकर्मीलाई निर्देशन दिए ।
उनले भारतबाट आएका हरेकलाई पहिले आरडीटी जाँच गर्न, क्वारेन्टाइनमा राखेर पीसीआर जाँच गर्न निर्देशन दिए ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...