×

NMB BANK
NIC ASIA

छाङरु र तिंकरमा हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गर्न सांसद ठगुन्नाको माग

जेठ १०, २०७७

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले दार्चुलाको व्यास गाउँपालिका–१ छाङरु र तिंकरमा हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गर्न सरकारसँग माग गरेका छन् ।

Muktinath Bank

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई भेटेर सांसद ठगुन्नाले छाङरु र तिंकरका स्थानीय खलङ्गाबाट कुञ्चा हिँडिसकेको अवस्थामा उनीहरूका लागि आवश्यक पर्ने खाद्यान्न हेलिकोप्टरमार्फत ढुवानी गर्न माग गरे ।
नेपालतिर घोडेटो बाटो नभएको अवस्थामा खाद्यान्न समस्या समाधान गर्न तत्कालका लागि हेलिकोप्टर व्यवस्थापन गर्न उनले माग गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दार्चुलाका व्यास, छाङरु र तिंकरका स्थानीय बिहीवार भारतीय बाटो हुँदै गाउँ कुञ्चा सरेका छन् । उनीहरू ४ दिनपछि मात्रै गाउँ पुग्नेछन् भने केही स्थानीय नेपालतिरको बाटो भएर कुञ्चा सरेका छन् । यो क्षेत्रमा खाद्यान्न संकट हुनसक्ने अवस्था रहेको भन्दै तत्काल खाद्यान्नको जोहो गर्न उनले माग गरेका छन् ।


Advertisment
Nabil box
Kumari

व्यासको छाङरुमा ११५ घरधुरी तथा तिंकरमा ६५ घरधुरीको बसोबास छ । यो वर्ष झण्डै ७० प्रतिशत व्यासवासी कुञ्चा सरेर गएका व्यास–१ का वडासचिव विनोदसिंह बुढाथोकीले बताए । विगतभन्दा यो पटक बढी स्थानीय बसाइँ सरेका छन् । यो पटक बालबालिका समेत लगेर स्थानीयवासी कुञ्चा सरेका हुन् । बन्दाबन्दीका कारण विद्यालय बन्द भएको तथा सदरमुकाम खलङ्गाभन्दा गाउँ सुरक्षित हुने भएपछि स्थानीयवासीले यो पटक बालबालिकासहित कुञ्चा सरेका छन् ।

Vianet communication
Laxmi Bank

यहाँका स्थानीय विगतमा चीनको ताक्लाकोट र भारतीय बजारबाट खाद्यान्न खाने गरेका थिए । यो पटक बन्दाबन्दीका कारण सबै क्षेत्रका सीमानाका बन्द भएकाले हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानीका लागि सांसद ठगुन्नाले सरकारसँग आग्रह गरेका छन् । 

स्थानीयले यो पटक वैशाखमै लगाउनुपर्ने खेती पनि लगाउन पाएका छैनन् । यसकारण तत्काललाई हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गर्नुपर्ने स्थानीयको माग छ । 

नेपालतिर अहिले नेपाली सेनाले बाटो खोल्ने काम शुरू गरेको छ । नेपालतिर बाटो खुल्यो भने खच्चडमार्फत खाद्यान्न ढुवानी गर्न सकिने स्थानीयको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x