कात्तिक १८, २०८०
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
जेठ १६, २०७७
पशुपति क्षेत्र विकास कोषले कोभिड– १९ (कोरोनाभाइरस) बाट संक्रमित भएर मृत्यु भएकाहरूको शवदाहका लागि ५ सदस्यीय समिति गठन गरेको छ ।
हिजो (बिहीवार) साँझ शव जलाइरहेका पशुपति विद्युतीय शवदाहका कर्मचारी कोरोना संक्रमितको शव जलाउन ल्याएपछि भागेको भन्ने समाचार बाहिरिएपछि पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको हो ।
‘पशुपतिमा शव जलाउन केही समस्या आएपछि हामीले आगामी दिनमा यस्तो समस्या नआओस् भन्नका लागि मेरै संयोजकत्वमा ५ सदस्यीय व्यवस्थापन समिति गठन गरेका छौं,’ कार्यकारी निर्देशक खतिवडाले लोकान्तरसँग भने, ‘यो समितिले काठमाडौं उपत्यकामा कोरोनाभाइरसका कारण मृत्यु भएकाहरूको शव आगामी दिनमा कुनैपनि समस्या नआउने गरी व्यवस्थापन गर्नेछ ।’
समितिमा नेपाली सेनाका एकजना सदस्य, नेपाल प्रहरीका तर्फबाट महानगरीय प्रहरी वृत्त गौशालाका एक सदस्य, सेन्टर फर क्राइसिस् म्यानेजमेन्ट सेन्टर (सीसिएमसी) का एक सदस्य र पशुपति क्षेत्र विकाष कोषका अधिकारी रहने कार्यकारी निर्देशक खतिवडाले बताए ।
हिजो कम्युनिकेसन ग्याप भयो : निर्देशक खतिवडा (उनकै शब्दमा)
कम्युनिकेसन ग्याप भएर कर्मचारीले अलकिति गडबड गरेका हुन् । नेपाली सेनाको टोलीले कोरोना संक्रमण भएर मृत्यु भएका मानिसको शव ६ बजेसम्म ल्याउने भन्ने जानकारी गराइएको थियो ।
त्यसको तयारीमा विद्युतीय शवदाह गृहका कर्मचारी बसिरहनुभएको थियो । त्यहाँ भएका शव पनि अर्को घाटमा ४ बजेदेखि नै पठाइयो ।
२ घण्टा कुर्दा पनि शव आइपुगेन । त्यसपछि हाम्रा कर्मचारीले सम्पर्क गर्दा आज नल्याउने जस्ता जवाफ आएपछि उहाँहरू बन्द गरेर घर जाने तरखरमा हुनुहुन्थ्यो, ७ बजे उहाँहरू शव लिएर आउनुभयो ।
शवदाह गृह बन्द भएको भनेर मलाई फोन आइसकेपछि मैले महाशाखा प्रमुखलाई फोन गरेर शव जलाउनका लागि तत्काल व्यवस्था गराएँ ।
अबका दिनमा कोरोनाबाट मृत्यु हुनेहरूको शव व्यवस्थापनमा समस्या नहुने गरी व्यवस्थापन गर्न समिति गठन गरेका छौं ।
कोरोना संक्रमणले ज्यान गुमाउने मानिसहरूको संख्या बढ्दै जाँदा शव व्यवस्थापनमा ठोस गृहकार्य भएको देखिँदैन ।
'तालिमप्राप्त व्यक्तिले मात्र शव व्यवस्थापन गर्नुपर्ने बाध्यता छ, जसले गर्दा शव व्यवस्थापन गर्न अप्ठ्यारो पर्दै गएको छ, भने शवदाह गृहमा काम गर्ने कर्मचारीको मनोबल उच्च पार्न नसक्दा पनि समस्या आएको छ,' पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकाल भने ।
‘मानिस हो जसलाई पनि भय हुन्छ, हाम्रो शवदाहमा काम गर्ने कर्मचारीलाई पनि कोरोनाका त्रास छ, मान्छे न हो, नहुने भन्ने पनि भएन तर कर्मचारीको मनोबल उच्च पार्नका लागि अहिलेसम्म कुनै निकायबाट पनि सम्बोधन भएको छैन,' सदस्य–सचिव ढकालले थपे ।
पशुपतिमा शव व्यवस्थापन गर्ने कर्मचारीलाई पनि पीपीई, मास्कलगायत कोरोना संक्रमणबाट जोगिन आवश्यक सामग्री उपलब्ध गराउनुपर्ने उनले बताए ।
पशुपति क्षेत्र विकास कोषले आगामी दिनमा शव व्यवस्थापनका लागि कार्यविधि निर्माण गर्न लागेको छ ।
‘हामीले एउटा कार्यविधि बनाएर कोरोना संक्रमित शवको व्यवस्थापन गर्न अगाडि बढेका छौं,’ सदस्य सचिव ढकालले भने ।
आइतवारसम्ममा कार्यविधि र समितिको औपाचारिक घोषणा हुने ढकालको भनाइ छ ।
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...