कात्तिक २०, २०८०
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ एवं सांसद पम्फा भुसालले प्रतिपक्षी दलले दिएको रचनात्मक सुझावलाई समेत समेट्न सुझाव दिएकी छिन् ।
नेपालको गणतन्त्र र संसदीय व्यवस्था नयाँ शासकीय मोडल भएकाले परम्परागत विधिको साङ्लोमा बाँधिन नहुने उनले बताइन् ।
‘मलाई बोलौं कि नबोलौं लाग्छ, किनभने हामीहरूले धेरै ठूलो राजनीतिक परिवर्तन गर्यौं, तर हाम्रो कार्यशैली र विधिचाहिँ हिजोको राष्ट्रिय पञ्चायत, राजतन्त्रको बहुदलीय प्रजातन्त्र र समावेशी लोकतान्त्रिक गणतन्त्रको व्यवस्थामा आउँदा पनि त्यही छ । बजेट जे पेश भयो प्लस माइनस एक रुपैयाँ परिवर्तन हुन्न । नीतिमा कमा, फूलस्टप पनि चेञ्ज हुन्न । त्यसो भएर यो बौद्धिक विलासिताजस्तो गर्ने कि नगर्ने जस्तो लाग्छ । बोलेर केही अर्थ हुने सुधार हुने, आफूले दिएको सुझावको केही योगदान भए बोल्नुको अर्थ हुन्छ,’ आर्थिक वर्ष २०७७/०७८ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफलमा भाग लिँदै नेतृ भुसालले भनिन्, ‘यो त लोकतान्त्रिक गणतन्त्र हो, हिजोको परम्परागत संसदीय व्यवस्था पनि होइन । संसारको नयाँ शासकीय मोडल हो । कार्यान्वयनमा जाँदा हिजोको परम्परागत छ । राम्रो सुझाव प्रतिपक्षबाट आएपनि र सत्तापक्षबाट आएपनि लिनुपर्छ । बजेट भनेको सिंगो राज्यको नीति हो नि, सबै सकारात्मक कुरालाई अनुशरण गर्न कञ्जुस्याइँ गर्नुहुन्न । परम्परागत विधिको सांगलोमा बाँधिनु हुन्न ।’
कोरोना महामारीको समयमा आएको बजेट आकारमा सानो भएपनि बढी यथार्थपरक रहेको उनले बताइन् । खर्च कटौतीको प्रस्ताव सकारात्मक रहेको तथा स्वास्थ्यमा ९० अर्ब छुट्याइनु राम्रो रहेको उनको धारणा छ ।
‘कार्यान्वयको चुनौती छ, अहिले कोरोना यता नागरिक प्रशासन ओझेलमा छ । नागरिक सरकार साइड जस्तो छ, यही बेलामा यो कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने प्रश्न छ । झण्झटिलो प्रशासनिक संरचनाका कारण कार्यान्वयन चुनौतीपूर्ण छ,’ उनले भनिन्, ‘यही सरकार बनेपछि प्रशासन सुधारको आयोग बनाइएको थियो, त्यसले दिएका सुझाव कार्यान्वयन गरेर सिंगो राज्य मसिनरीको पुनर्संरचना गरेर मात्र खर्च घट्छ । चुस्त दुरुस्त राज्यका निकाय मात्र राखेर पुनर्संरचना गर्न जरुरी छ ।’
'राज्यले व्यवस्था गरेर ल्याउनुपर्छ'
नेतृ भुसालले विदेशबाट फर्कनेको व्यवस्थापनका लागि स्थानीय तहलाई बजेट दिनुपर्ने बताइन् ।
क्वारेन्टाइनदेखि आइसोलेसनको जिम्मा संघको भएकाले यसको जिम्माबाट संघ सरकार पन्छिन नमिल्ने उनले बताइन् ।
‘अहिले भारत बाहेकका तेस्रो देशका नागरिकलाई फर्काउने कुरा आएको छ, अब आफ्नो पैसाले आउने भन्ने कुरा गरिएको छ, यो जस्तो गैरजिम्मेवार कुरा अरू हुनै सक्दैन । अफ्नो पैसाले आऊ भन्न मिल्दैन । उनीहरूलाई राज्यले व्यवस्था गरेर ल्याउनुपर्छ । उनीहरूको उर्जाशील शक्तिलाई उत्पादनको क्षेत्रमा लगाउनुपर्छ । त्यो जनशक्तिभन्दा ताकत अरू हुन सक्दैन,’ नेतृ भुसालले भनिन्, ‘आफ्ना जनतालाई बोझ ठानेर होइन, नागरिक दायित्व पूरा गरेर ल्याउन केन्द्रले योगदान गर्नुपर्छ । वैदेशिक रोजगारीमा गएकालाई आउने जतिलाई फर्काएर ल्याउनु पर्छ ।’
भुसालले स्वदेश फर्केका युवालाई उत्पादनमा लगाउन सुझाव दिइन् । ‘स्वदेश आएपछि गाउँ जान्छन् भनेर मात्र हुँदन, गाउँ रित्ता छन्, घर चुहिएका छन्, उत्पादनका औजार छैनन् । खाद्यको जोहो गरेर, कृषिका लागि आवश्यक पर्ने स्रोतसाधन बिउ, मलको व्यवस्था गर्नुपर्छ ।’
नेतृ भुसालले बजेटमा आएको भूमि बैंकको अवधारणा गतल भएको बताइन् । ‘भूमि सुधारको कुरा छाडेर भूमि बैंक ल्याउने कुरा ठीक छैन,’ उनले भनिन् । भुसालले विद्युतीय गाडी र सामग्रीमा कर बढाउने कुरा गलत भएको बताइन् ।
‘नेपाल जस्तो सस्तो विद्युत् उत्पादन हुने मुलुकमा विद्युतीय साधनमा कर बढाउने कुरा बिलकुल गलत छ, विद्युत्को उपयोग नगरी राष्ट्रिय अर्थतन्त्रको विकास हुन सक्दैन । कति लाखसम्मको गाडी ल्याउने भन्ने मापदण्ड निर्धारण गरौं । एकाधले महंगा ल्याए भनेर विद्युतीय गाडीमा कर लगाउने कुरा गलत छ,’ उनले भनिन् ।
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...